• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘मिरमिरे’ को छायांकन काभ्रेबाट सुरु

  •  कलाशैली संवाददाता
  • २०८२ असार २१, शनिबार १९:४२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । फिल्म ‘मिरमिरे’ को छायांकन काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित श्री लड्केश्वर आधारभूत विद्यालय परिसरमा क्यामेरा पूजासहित सुरु भएको छ । एक हप्ता लामो वर्कशपमा बसेको निर्माण टिम शुक्रबार काठमाडौंबाट छायांकनका लागि निस्किएको थियो ।

    फिल्मका निर्देशक यम शेर्पाले ‘मिरमिरे’ को छायांकन आज (शनिबार) बाट सुरु भएको र करिब ३५ दिनसम्म चल्ने जानकारी दिए । उनका अनुसार फिल्मको अधिकांश छायांकन काभ्रेका विभिन्न स्थानमा हुनेछ । निर्देशक शेर्पाले नै फिल्मको कथा पनि लेखेका छन् ।

    यार्सा फिल्म्सको प्रस्तुति रहेको यस फिल्ममा दयाहाङ राई, प्रकाश सपुत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन् । प्रकाश र दयाहाङको यो पहिलो सहकार्य हो । यम शेर्पाले भने दयाहाङसँग दोस्रोपटक काम गर्न लागेका हुन्, यसअघि उनको पहिलो निर्देशन रहेको फिल्म ‘कार्साङ’ मा पनि दयाहाङले अभिनय गरेका थिए ।

    अन्य कलाकारहरूमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा रहेका छन् । बालकलाकारहरूमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’ का सह-निर्माताहरूमा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । फिल्मका कार्यकारी निर्मातामा आरआर फिल्म्सका सञ्चालक तथा फिल्म वितरक रोहित कट्टेल रहेका छन् ।

    फिल्मका छायाकार आलोक शुक्ला हुन् । सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । निर्माण पक्षले फिल्मको कथाबारे भने केही खुलाउन चाहेको छैन । ‘मिरमिरे’ २०८२ मा रिलिज हुनेछ, तर प्रदर्शन मिति भने तय भएको छैन । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

    Post Views: 158
    • Dayahang Rai
    • Kala Saili
    • Kala Saili News
    • Mirmire
    प्रकाशित मिति: २०८२ असार २१, शनिबार १९:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.