• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘यो मन त मेरो नेपाली हो’ ले हाम्रो संस्कृतिको सन्देश बोकेको छ : निर्देशक प्रधान

  •  कलाशैली संवाददाता
  • २०८२ असार १९, बिहीबार २२:४६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली भाषा, संस्कृति, र पहिचानको जगेर्ना गर्ने उद्देश्यले बनेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ यही असार २७ गते प्रदर्शन हुँदैछ । भुटानबाट नेपाल हुँदै अमेरिका पुगेका नर प्रधान (मित्र) को लेखन र निर्देशन रहेको यो फिल्मले विश्वभर छरिएका नेपालीहरूको कथा र भावनालाई चित्रण गर्छ । लेखक तथा निर्देशक प्रधान १७ वर्षअघि नेपाल छाडेर अमेरिका गएका थिए । भुटानमा जन्मिएका उनको बाल्यकाल र शिक्षादीक्षा नेपालमै भएको थियो ।

    अमेरिकाको व्यस्त जीवनले नेपाली संस्कृतिसँगको सम्बन्धमा दूरी बढाएको अनुभव गरेपछि उनले यो फिल्म बनाए । ‘हाम्रो भाषा र संस्कृति जोगाएनौं भने भावी पुस्ताले यो धरोहर गुमाउनेछ’, उनले भने । नेपालको पाठ्यक्रम विकास केन्द्रले यो फिल्मलाई विद्यालयस्तरका बालबालिकालाई देखाउन उपयुक्त ठहराएको छ, जसले निर्देशकलाई थप प्रेरणा मिलेको छ । केन्द्रले फिल्मको देशभक्तिपूर्ण सन्देश र सांस्कृतिक महत्त्वको प्रशंसा गर्दै निर्माण टिमलाई धन्यवाद दिएको छ ।

    साथै, यस्ता फिल्मलाई राज्य र सम्बद्ध संस्थाहरूले संरक्षण र संवर्द्धन गर्नुपर्ने सुझाव दिएको छ । फिल्मले भुटानबाट खेदिएका नेपालीहरूको कथालाई विशेष रूपमा उठाए पनि विश्वभरका नेपालीहरूको साझा भावनालाई समेट्छ ।

    ‘यो फिल्म नेपालीहरूका लागि मात्र होइन, विदेशीहरूलाई पनि हाम्रो संस्कृति बुझाउने प्रयास हो’, निर्देशक प्रधानले भने । अमेरिकामा चार स्थानमा प्रदर्शन गर्दा दर्शकहरूले नेपाली भाषा र संस्कृति संरक्षणमा जोड दिएको उनले बताए । ‘यो फिल्म एउटा अभियान हो । हाम्रा पूर्खाले जोगाएको सम्पदा भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ’, उनले थपे ।

    विदेशमा रहेका नेपालीहरूले व्यस्तताले भाषा र संस्कृति बिर्सँदै गएको उनको अनुभव छ। यो फिल्मले नेपालीपनप्रति माया र एकताको सन्देश दिन खोज्छ ।प्रधानले यो फिल्मलाई व्यावसायिकभन्दा सांस्कृतिक उपहारको रूपमा लिएका छन् । फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, र विजिता परियारलगायतको अभिनय छ ।

    Post Views: 367
    • Kala Saili
    • Kala Saili News
    • Nar Bahadur Pradhan
    • Nar Pradhan MItra
    • Yo Man Ta Mero Nepali Ho
    प्रकाशित मिति: २०८२ असार १९, बिहीबार २२:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.