• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘आमा’ को पोस्टर हुलाक टिकटमा अंकित (फोटो फिचर)

  •  कलाशैली संवाददाता
  • २०८२ असार १७, मंगलवार १७:२७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली फिल्मको इतिहासमा एउटा महत्त्वपूर्ण क्षणका रूपमा नेपालको पहिलो फिल्म ‘आमा’ को पोस्टर हुलाक टिकटमा अंकित गरिएको छ । सोमबार फिल्म विकास बोर्डले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा यो घोषणा गरेको हो । विसं २०२१ असोजमा प्रदर्शन भएको ‘आमा’ लाई नेपालको पहिलो फिल्म मानिन्छ, जसले नेपाली फिल्म उद्योगको सुरुवात गरेको थियो । हिरासिंह खत्रीले निर्देशन गरेको यस फिल्ममा शिवशंकर खत्री र भुवन चन्दले मुख्य भूमिका निर्वाह गरेका थिए ।

    हुलाक सेवा विभागले १० रुपैयाँ दरका दुईवटा टिकट प्रकाशन गरेको छ, जसमा फिल्म ‘आमा’ का नायक र नायिकाको तस्बिर अंकित छ । टिकटको प्रथम दिवसीय आवरणमा विशेष टाँचा प्रदान गरिएको छ ।

    टिकट अनावरण समारोहमा अभिनेत्री भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुसाल, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार सचिव राधिका अर्याल, बोर्ड अध्यक्ष दिनेश डिसी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले संयुक्त रूपमा सहभागिता जनाएका थिए । हुलाक सेवा विभागकी शाखा अधिकृत चन्द्रा थापाले टिकटको टाँचा तयार गरेकी हुन् । यो टिकटले नेपाली फिल्मको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    तस्बिरहरू : कुवेर डंगोल / कलाशैली

    Post Views: 462
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ असार १७, मंगलवार १७:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    दसैँमा गुञ्जिन्छन् यी गीतहरू
    तीनै फिल्मको अपेक्षाभन्दा कम व्यापार
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.