• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘आमा’ को पोस्टर हुलाक टिकटमा अंकित (फोटो फिचर)

  •  कलाशैली संवाददाता
  • २०८२ असार १७, मंगलवार १७:२७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली फिल्मको इतिहासमा एउटा महत्त्वपूर्ण क्षणका रूपमा नेपालको पहिलो फिल्म ‘आमा’ को पोस्टर हुलाक टिकटमा अंकित गरिएको छ । सोमबार फिल्म विकास बोर्डले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा यो घोषणा गरेको हो । विसं २०२१ असोजमा प्रदर्शन भएको ‘आमा’ लाई नेपालको पहिलो फिल्म मानिन्छ, जसले नेपाली फिल्म उद्योगको सुरुवात गरेको थियो । हिरासिंह खत्रीले निर्देशन गरेको यस फिल्ममा शिवशंकर खत्री र भुवन चन्दले मुख्य भूमिका निर्वाह गरेका थिए ।

    हुलाक सेवा विभागले १० रुपैयाँ दरका दुईवटा टिकट प्रकाशन गरेको छ, जसमा फिल्म ‘आमा’ का नायक र नायिकाको तस्बिर अंकित छ । टिकटको प्रथम दिवसीय आवरणमा विशेष टाँचा प्रदान गरिएको छ ।

    टिकट अनावरण समारोहमा अभिनेत्री भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुसाल, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार सचिव राधिका अर्याल, बोर्ड अध्यक्ष दिनेश डिसी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले संयुक्त रूपमा सहभागिता जनाएका थिए । हुलाक सेवा विभागकी शाखा अधिकृत चन्द्रा थापाले टिकटको टाँचा तयार गरेकी हुन् । यो टिकटले नेपाली फिल्मको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    तस्बिरहरू : कुवेर डंगोल / कलाशैली

    Post Views: 146
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ असार १७, मंगलवार १७:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नृत्य मञ्चदेखि सगरमाथासम्म छिरिङ (फोटोफिचर)
    ‘माग्ने राजा’ मा यसकारण माग्नेको लवज र थेगो प्रयोग गरियो
    ‘यो मन त मेरो नेपाली हो’ ले हाम्रो संस्कृतिको सन्देश बोकेको छ : निर्देशक प्रधान
    ताजा अपडेट
    • १. महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा

    • २. ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार

    • ३. ‘कोशेढुंगा’ को छायांकन सम्पन्न

    • ४. विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित

    • ५. ‘झुम झुम झुम्किका’ मा पल र बेनिशा

    चर्चित
    • १. नृत्य मञ्चदेखि सगरमाथासम्म छिरिङ (फोटोफिचर)

    • २. सज्जनको ‘बेहुली’ बनिन् दिव्या

    • ३. चलचित्रलाई संस्कृति मन्त्रालय अन्तर्गत राख्न र सेन्सरकाे सट्टा प्रमाणीकरण गर्न माग

    • ४. ‘भाइटीका’ मा विपिन ‘दाइ’ बन्ने, पारिश्रमिक छोडेर मुनाफाकाे शेयरमा

    • ५. ‘माग्ने राजा’ मा यसकारण माग्नेको लवज र थेगो प्रयोग गरियो

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.