• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

पाठ्यक्रम विकास केन्द्रद्वारा ‘यो मन त मेरो नेपाली हो’ फिल्म विद्यालयमा देखाउन सिफारिस

  •  कलाशैली संवाददाता
  • २०८२ असार १७, मंगलवार १६:४० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र ले फिल्म ‘यो मन त मेरो नेपाली हो’ विद्यालयस्तरका बालबालिकाहरूलाई देखाउन उपयुक्त रहेको बताएको छ । केन्द्रका निर्देशक विजयराज बढु ले फिल्मका निर्मातालाई पठाएको शुभकामना सन्देशमा फिल्मले बालबालिकाहरूलाई आफ्नो भाषा र संस्कृतिप्रति उच्च सम्मान महसुस गराउने जनाएका छन् ।

    शुभकामना पत्रमा भनिएको छ, ‘भविष्यका कर्णाधार आजका बालबालिकाहरूलाई आफ्नो भाषा र संस्कृतिप्रति गर्व गर्न तथा नेपाली हुनुमा उच्च सम्मान महसुस गराउने भएकाले विशेषतः विद्यालयस्तरका बालबालिकालाई ‘यो मन त मेरो नेपाली हो’ लाई सरोकारवाला निकायको अनुमति तथा स्वीकृति लिई देखाउनु उपयुक्त हुने देखिन्छ ।’

    यो फिल्म विशुद्ध नेपाली भाषा तथा संस्कृतिमा आधारित रहेकाले यस्ता प्रकृतिका फिल्मलाई राज्यका निकाय तथा सरोकारवाला सामाजिक सङ्घसंस्थाहरूले संरक्षण तथा संवर्द्धन गर्नुपर्ने केन्द्रले पठाएको पत्रमा उल्लेख छ। देश र जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै एउटा सार्थक देशभक्तिपूर्ण फिल्म बनाएकोमा केन्द्रले निर्माण टिमलाई धन्यवाद ज्ञापन गरेको छ ।

    यही असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा मित्र प्रधान (नर) को निर्देशन रहेको छ। यसमा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतले अभिनय गरेका छन् । फिल्मले नेपाली भाषाप्रतिको आकर्षण, महत्त्व र इतिहासलाई दर्शाउने जनाइएको छ ।

    Post Views: 194
    • Bijay Baral
    • Kala Saili
    • Kala Saili News
    • Yo Man Ta Mero Nepali Ho
    प्रकाशित मिति: २०८२ असार १७, मंगलवार १६:४०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.