• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

पलको ‘यानी माया’ बाट डेब्यु गर्दै अञ्जना

  •  कलाशैली संवाददाता
  • २०८२ असार १७, मंगलवार १६:३५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । निर्देशक तथा लेखक विकास सुवेदीको नयाँ फिल्म ‘यानी माया’ मा मोडल अञ्जना पुन मगर ले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी उनले यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्न लागेकी हुन् । अडिसनमार्फत निर्माण टिमले छनोट गरेकी अञ्जनाले फिल्ममा अभिनेता पल शाहको जोडी बनेर देखिनेछिन् ।

    अञ्जना पुन मगर मोडलिङ क्षेत्रमा स्थापित नाम हो । उनले ‘मिस मगर हङकङ २०१४’ र ‘मिस हङकङ नेपाल २०२३’ जस्ता उपाधिहरू जितिसकेकी छिन् । सन् २०२४ को ‘मिस नेपाल प्रतियोगिता’ मा उनले ‘मिस रियल पपुलर च्वाइस’ र ‘मिस डिलाइटफुल ह्याप्पी इन्टेलिजेन्स’ अवार्ड प्राप्त गरेकी थिइन् । ‘मायालाई पानको पात’ गीतमा अभिनय गरेपछि चर्चामा आएकी उनले पल शाहसँग केही म्युजिक भिडियोमा यसअघि पनि काम गरिसकेकी छिन्।

    निर्देशक सुवेदीका अनुसार, ‘यानी माया’ मा अन्तरपुस्ता द्वन्द्व, आधुनिकता र परम्पराको दोलन, सहरी जीवन र प्रकृतिको सङ्घर्ष जस्ता विषयवस्तुहरूलाई समेटिनेछ। फिल्मको ट्यागलाइन ‘सङ्स अफ माई ग्रान्डमदर’ राखिएको छ । फिल्मको छायांकन आगामी साउनमा बागलुङको ढोरपाटनबाट सुरु गरिनेछ । पहिलो चरणको छायांकनपछि दोस्रो चरणको छायांकनका लागि निर्माण पक्ष हङकङ जाने तयारीमा छ ।

    यो फिल्मबाट पल शाहले निर्माण क्षेत्रमा पनि हात हाल्न लागेका छन्। पल शाह फिल्म्सको ब्यानरमा बन्न लागेको यो फिल्ममा पलसँगै चन्द्रज्योति आले निर्माताको रूपमा रहेकी छिन् ।

    Post Views: 241
    • Anjana Pun Magar
    • Bikas Subedi
    • Kala Saili
    • Kala Saili News
    • Paul Shah
    • Yani Maya
    प्रकाशित मिति: २०८२ असार १७, मंगलवार १६:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.