• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

सर्वाधिक व्यापार गर्ने २५ फिल्मलाई चलचित्र विकास बोर्डद्वारा सम्मान

  •  कलाशैली संवाददाता
  • २०८२ असार १६, सोमबार २१:१५ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सर्वाधिक कमाइ गर्ने २५ फिल्मलाई सम्मान गरेका छन् । मन्त्री गुरुङसहित सञ्चार मन्त्रालयकी सचिव राधिका अर्याल, बोर्डका अध्यक्ष दिनेश डिसी र प्रथम अभिनेत्री भुवन चन्दले ती फिल्मका निर्माता, निर्देशक र कलाकारलाई सम्मान प्रदान गरेका थिए ।

    कार्यक्रममा सर्वाधिक कमाइ गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का अभिनेता विजय बराल, निर्देशक सरोज पौडेल र निर्माता विनोद पौडेलले सम्मान ग्रहण गरे । यो फिल्मले १७ लाख टिकट बिक्री गर्दै ४६ करोड ८७ लाख ४१ हजार ४९७ रुपैयाँ व्यापार गरेको थियो । बोर्ड स्थापना भएको विसं २०५७ असार १६ देखि हालसम्म सर्वाधिक कमाइ गर्ने फिल्मको दोस्रो स्थानमा ‘कवड्डी–४’ रहेको छ, जसले २१ करोड ४० लाख ७५ हजार २१० रुपैयाँ कमायो । उक्त फिल्मका अभिनेता दयाहाङ राई, विजय बराल र बुद्धि तामाङले सम्मान ग्रहण गरे । तेस्रो स्थानमा ‘१२ गाउँ’ (१९ करोड ९२ लाख ७७ हजार ७६३ रुपैयाँ), चौथोमा ‘छक्का पञ्जा ४’ (१७ करोड ५३ लाख २ हजार ६११ रुपैयाँ) र पाँचौँमा ‘जारी’ (१७ करोड ४८ लाख १ हजार ४५९ रुपैयाँ) ले सम्मान प्राप्त गरे ।

    अन्य सम्मानित फिल्महरूमा छैटौँ स्थानमा ‘छक्का पञ्जा १’ (१६ करोड १० लाख २२ हजार ३५० रुपैयाँ), सातौँमा ‘महाजात्रा’ (१५ करोड ६७ लाख ९९ हजार ६१४ रुपैयाँ), आठौँमा ‘छक्का पञ्जा ५’ (१५ करोड २० लाख ३६ हजार ८८३ रुपैयाँ), नवौँमा ‘कोहिनुर’ (१४ करोड ७५ लाख ५० हजार २५४ रुपैयाँ) र दशौँमा ‘छक्का पञ्जा २’ (१४ करोड ५१ लाख ५४ हजार २३० रुपैयाँ) रहेका छन् ।

    थप सम्मानित फिल्महरूमा ‘शत्रु गते’ (१२ करोड ६५ लाख ८२ हजार १३५ रुपैयाँ), ‘ऊनको स्वीटर’ (११ करोड ६ लाख ७६ हजार ६२१ रुपैयाँ), ‘कवड्डी–२’ (१० करोड ३५ लाख ३२ हजार २० रुपैयाँ), ‘बोक्सीको घर’ (१० करोड १० लाख २० हजार ९१७ रुपैयाँ), ‘छ माया छपक्कै’ (९ करोड ९२ लाख ८७ हजार १३९ रुपैयाँ), ‘दिमाग खराब’ (८ करोड ९८ लाख ६ हजार ९०७ रुपैयाँ), ‘अञ्जली’ (८ करोड ८३ लाख ५९ हजार ८४५ रुपैयाँ), ‘परदेशी २’ (७ करोड ९२ लाख ३८ हजार २४० रुपैयाँ), ‘छक्का पञ्जा ३’ (७ करोड ८३ लाख ८ हजार ८१ रुपैयाँ), ‘प्रेमगीत–३’ (७ करोड ६३ लाख ४५ हजार ३९२ रुपैयाँ), ‘कवड्डी कवड्डी कवड्डी’ (७ करोड ५९ लाख ५० हजार ६९२ रुपैयाँ), ‘पुजार सार्की’ (७ करोड ३८ लाख २३ हजार १८७ रुपैयाँ), ‘महापुरुष’ (७ करोड ३५ लाख ७९ हजार ८८५ रुपैयाँ), ‘कवड्डी’ (७ करोड ३४ लाख ९५ हजार २५० रुपैयाँ) र ‘पशुपति प्रसाद २: भष्मे डन’ (७ करोड ३२ लाख २० हजार रुपैयाँ) ले सम्मान प्राप्त गरे।

    बोर्डका अध्यक्ष दिनेश डिसीले सर्वाधिक व्यापार गर्ने फिल्मको सूची सार्वजनिक भएपछि कमाइबारे भ्रम फैलाउने प्रवृत्तिको अन्त्य भएको बताए । ‘कतिपयले फिल्मको कमाइबारे भ्रामक प्रचार गर्छन्। त्यसलाई रोक्न र पारदर्शिता कायम गर्न हामीले पछिल्लो २५ वर्षका सर्वाधिक कमाइ गर्ने २५ फिल्मलाई सम्मान गरेका हौँ । यो हाम्रो र फिल्मकर्मीहरूको साझा खुसीको क्षण हो’, उहाँले भन्नुभयो ।

    अध्यक्ष डिसीले ‘बक्सअफिस @सिनेपा’ एपको शुभारम्भले रियल टाइम डाटा निर्माता र वितरकलाई उपलब्ध गराउने बताए ।

    Post Views: 98
    • Dinesh Dc
    • FDB
    • Film Development Board Nepal
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ असार १६, सोमबार २१:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार
    ‘कोशेढुंगा’ को छायांकन सम्पन्न
    विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित
    ताजा अपडेट
    • १. महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा

    • २. ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार

    • ३. ‘कोशेढुंगा’ को छायांकन सम्पन्न

    • ४. विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित

    • ५. ‘झुम झुम झुम्किका’ मा पल र बेनिशा

    चर्चित
    • १. नृत्य मञ्चदेखि सगरमाथासम्म छिरिङ (फोटोफिचर)

    • २. सज्जनको ‘बेहुली’ बनिन् दिव्या

    • ३. चलचित्रलाई संस्कृति मन्त्रालय अन्तर्गत राख्न र सेन्सरकाे सट्टा प्रमाणीकरण गर्न माग

    • ४. ‘भाइटीका’ मा विपिन ‘दाइ’ बन्ने, पारिश्रमिक छोडेर मुनाफाकाे शेयरमा

    • ५. ‘माग्ने राजा’ मा यसकारण माग्नेको लवज र थेगो प्रयोग गरियो

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.