• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘पुरा पारिश्रमिक पाएपछि राज्यलाई कर तिर्छु’

  •  कलाशैली संवाददाता
  • २०८२ असार १४, शनिबार १६:१२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवादादता । टेलिशृङ्खलामा ‘माग्ने बुढा’ को उपनामले परिचित अभिनेता केदार प्रसाद घिमिरेले राज्यलाई कर तिर्नु कलाकारको दायित्व रहेको बताएका छन् । फिल्म ‘माग्ने राजा’ को केही दिन अगाडी आयोजित पत्रकार सम्मेलनमा उनले अन्य क्षेत्रका पेसाकर्मीझैँ कलाकारले पनि देश समृद्धिका लागि आफ्नो दायित्व पूरा गर्नबाट पछि हट्न नहुने बताए ।

    घिमिरेले भने,‘मैले लिएको पारिश्रमिकको चर्चा भइरहँदा मैले आफ्नो दायित्व भुलेको छैन । म आफ्नो पारिश्रमिक बुझेपछि राज्यलाई तिर्नुपर्ने कर तिर्छु, किनकि देश विकासमा हामीले पनि अन्य पेसाकर्मीझैँ तत्परता र सहभागिता देखाउनु आवश्यक छ । हामीले आफ्नो दायित्व नभुले मात्र सरोकारवाला निकायलाई फिल्म क्षेत्रलाई समृद्ध बनाउने विषयमा झक्झक्याउन सक्छौँ ।’

    उनले फिल्म ‘माग्ने राजा’ मा ६१ लाख रुपैयाँ पारिश्रमिक बुझ्ने चर्चा चलेपछि कलाकारको दायित्व र सुविधाको विषयमा कुरा गरेका थिए । उक्त फिल्मका निर्देशक ऋषि लामिछाने ले कलाकार घिमिरेको लगनशीलता र बजार मूल्य हेरेर पारिश्रमिक दिएको बताए । सामिप्यराज तिमल्सेना को लेखन रहेको यस फिल्ममा कलाकार घिमिरेसहित वर्षा शिवाकोटी, विल्सनविक्रम राई, आर्यन सिग्देल, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी लगायतले अभिनय गरेका छन्।

    यो फिल्म कलाकार मुनाल घिमिरे ले निर्माण गरेका हुन् । उनका अनुसार, फिल्म आगामी भदौ ६ गते देखि नेपालसहित विदेशमा समेत प्रदर्शन हुनेछ ।

    Post Views: 237
    • Kala Saili
    • Kala Saili News
    • Kedar Ghimire
    • Magne Raja
    प्रकाशित मिति: २०८२ असार १४, शनिबार १६:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.