• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

वृत्तचित्र ‘जिरो टु ८८४८’ मा के छ ?

  •  कलाशैली संवाददाता
  • २०८२ असार १४, शनिबार १५:३३ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपालकै होचो ठाउँ झापाको कचनकवल देखि विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो सम्मको रोचक, साहसिक र ऐतिहासिक यात्रालाई समेटेर निर्माण गरिएको वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।

    यस वृत्तचित्रको अवधारणा सञ्चारकर्मी प्रेम बानियाँ को हो भने, निरञ्जन पाण्डे र बलराम बुढाथोकी ले संयुक्त रूपमा निर्देशन गरेका छन् । वृत्तचित्रमा सगरमाथा चढ्न हिँडेकाहरूको कथा, उनीहरूको सङ्कल्प र बाटोमा भोग्ने चुनौतीहरूलाई देखाइएको छ । सञ्चारकर्मी प्रेम बानियाँले पहिलो यात्रीका रूपमा यात्रा थालेका थिए । त्यससँगै १८ पटक सगरमाथा आरोहण गरिसकेका टेण्डी शेर्पा, विश्व साइकल यात्री पुष्कर शाह, आरोही तथा लेखक कोन्राड एन्कर, आङपासाङ शेर्पा लगायतको यात्रा यसमा समावेश छ ।

    कचनकवल (समुद्री सतहबाट ५८ मिटर) बाट सुरु भएको यो यात्रा इलामको कन्याम, श्रीअन्तु, धनकुटाको नाम्जे, हिले बजार, भोजपुरको मुन्धुम ट्रेल, खोटाङको हलेसी हुँदै ओखलढुङ्गा, सोलुखुम्बुको पातले, सल्लेरी, बुप्सा, थामडाँडा हुँदै सुर्के, फाक्दिङ हुँदै मञ्जो, नाम्चे बजार, खुम्जुङ, त्याङ्बोचे, दिङ्बोचे, लोबुचे, गोरखक्षेपपछि कालापत्थर र बेसक्याम्पसम्म पुग्छ । त्यसपछि क्याम्प १, क्याम्प २, क्याम्प ३, क्याम्प ४ (साउथकोल), हिलारी स्टेप हुँदै शिखरमा पुगेर यो यात्रा सम्पन्न हुनेछ । झन्डै ५१० किलोमिटर दूरीको यो पदयात्रा पूरा गर्न ९० दिन लागेको थियो ।

    सञ्चारकर्मी प्रेम बानियाँले भने, ‘यो केवल वृत्तचित्रमात्रै होइन । देश चिनाउने हाम्रो अठोट हो । समुद्री सतहबाट ५८ मिटरमा रहेको कचनकवललाई खनेर समुद्री सतह बराबर बनाउन सकिन्छ र त्यहाँ एउटा गाउँ बसाल्न सकिन्छ, जहाँबाट सगरमाथासम्मको यात्रा गर्न सकिन्छ भन्ने अवधारणा हामीले यसमार्फत अघि सारेका छौँ । नेपालका लागि यो इतिहासको एक गौरवपूर्ण क्षण हो र संसारकै लागि एउटा रोचक नयाँ अध्यायको आरम्भ हो । यो अवधारणालाई पूरा गर्ने हाम्रो लक्ष्य छ।’

    निर्देशक निरञ्जन पाण्डेले देशका लागि केही गरौँ भन्ने हुटहुटीले वृत्तचित्र निर्माणमा प्रेरित गरेको बताए ।‘हामी लामो समय नेपालको सिर्जनात्मक क्षेत्रमा काम गरेर हाल अमेरिकामा बस्ने साथीहरूले देशका लागि मिलेर केही गरौँ भनेर लामो समयदेखि सोचेका थियौँ । त्यसक्रममा देशलाई चिनाउने गरी यो अवधारणा अघि सार्न सफल भयौँ। टेण्डी शेर्पा, पुष्कर शाह लगायतका व्यक्तित्व हामीसँग जोडिनुभयो’, उनले भने ।

    वृत्तचित्रलाई अमेरिकाका सबै राज्यमा, त्यसपछि युरोप, अस्ट्रेलिया तथा एसियाका अन्य देशमा देखाएर नेपालका हलहरूमा सार्वजनिक गर्ने योजना रहेको छ । जलवायु परिवर्तन अध्ययनका लागि पनि यो गन्तव्य विशिष्ट हुने र भूगर्भ पर्यटनको अध्ययन केन्द्रसमेत बन्नसक्ने धारणा निर्देशक पाण्डेले राखे । वृत्तचित्रलाई निर्देशकद्वय निरञ्जन पाण्डे र बलराम बुढाथोकीले मिलेर सम्पादन तथा छायांकन गरेका हुन् ।

    श्री वाग्ले कार्यकारी निर्माता रहेको यस वृत्तचित्रमा उमंग शाही सहायक छायाकार छन् । त्यस्तै प्रोडक्सन टिममा कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाह छन् । वृत्तचित्रमा समावेश सगरमाथा शिखरका दृश्य सुजन गुरुङ र दोजी शेर्पा ले छायांकन गरेका हुन् । उनीहरू दुवै यसका लागि शिखरमा पुगेका थिए।

    Post Views: 62
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ असार १४, शनिबार १५:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार
    ‘कोशेढुंगा’ को छायांकन सम्पन्न
    विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित
    ताजा अपडेट
    • १. महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा

    • २. ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार

    • ३. ‘कोशेढुंगा’ को छायांकन सम्पन्न

    • ४. विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित

    • ५. ‘झुम झुम झुम्किका’ मा पल र बेनिशा

    चर्चित
    • १. नृत्य मञ्चदेखि सगरमाथासम्म छिरिङ (फोटोफिचर)

    • २. सज्जनको ‘बेहुली’ बनिन् दिव्या

    • ३. चलचित्रलाई संस्कृति मन्त्रालय अन्तर्गत राख्न र सेन्सरकाे सट्टा प्रमाणीकरण गर्न माग

    • ४. ‘भाइटीका’ मा विपिन ‘दाइ’ बन्ने, पारिश्रमिक छोडेर मुनाफाकाे शेयरमा

    • ५. ‘माग्ने राजा’ मा यसकारण माग्नेको लवज र थेगो प्रयोग गरियो

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.