• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘पीआर’ को टिजर सार्वजनिक

  •  कलाशैली संवाददाता
  • २०८२ असार १४, शनिबार १४:३३ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’ को टिजर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यसको टिजर रिलिज गरिएको हो । टिजरमा अस्ट्रेलियामा रहेका विद्यार्थीहरूको संघर्ष, उनीहरूले भोग्ने दुःख र नेपालमा रहेका परिवारको पीडालाई समसामयिक विषयका रूपमा देखाइएको छ ।

    फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, बिमला खत्री, अस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायलको अभिनय छ । त्यसैगरी, विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खडका, दिक्पाल कार्की र उत्तम केसीले अभिनय गरेका छन् । रन्जित शाह (आरएफएम फ्यासिलिटी म्यानेजमेन्ट अस्ट्रेलिया) र सन्तोष तिवारी (लेन वे डम्प्लिङ, सिड्नी) प्रस्तुतकर्ता रहेको यस फिल्मको निर्देशन तथा कथा शोभित बस्नेतले गरेका हुन् ।

    यस फिल्मका निर्माताका रूपमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा रहेका छन् । फिल्ममा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ सायमी (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल)को छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ । यस फिल्मको मुख्य सहायक निर्देशकका रूपमा रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ रहेका छन् ।

    केवल मान सिंह बस्नेतको निर्माण व्यवस्थापन रहेको यो फिल्मको ६० प्रतिशत छायांकन अस्ट्रेलियाको विभिन्न सहरमा र ४० प्रतिशत नेपालमा गरिएको निर्देशक बस्नेतको भनाइ छ । निर्माण पक्षका अनुसार, यो फिल्म यसै महिनाको अन्तिमबाट अस्ट्रेलिया र न्युजिल्यान्डका सबै सहरमा रिलिज गरिँदैछ । यसबाहेक, दशैँको आसपासमा विश्वव्यापी रूपमा रिलिज गरिने निर्माण पक्षको भनाइ छ । यो फिल्मलाई आरआर फिल्म्स ले वितरण गर्दैछ ।

    Post Views: 34
    • Kala Saili
    • Kala Saili News
    • PR
    • Shobhit Basnet
    प्रकाशित मिति: २०८२ असार १४, शनिबार १४:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार
    ‘कोशेढुंगा’ को छायांकन सम्पन्न
    विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित
    ताजा अपडेट
    • १. महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा

    • २. ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार

    • ३. ‘कोशेढुंगा’ को छायांकन सम्पन्न

    • ४. विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित

    • ५. ‘झुम झुम झुम्किका’ मा पल र बेनिशा

    चर्चित
    • १. नृत्य मञ्चदेखि सगरमाथासम्म छिरिङ (फोटोफिचर)

    • २. सज्जनको ‘बेहुली’ बनिन् दिव्या

    • ३. चलचित्रलाई संस्कृति मन्त्रालय अन्तर्गत राख्न र सेन्सरकाे सट्टा प्रमाणीकरण गर्न माग

    • ४. ‘भाइटीका’ मा विपिन ‘दाइ’ बन्ने, पारिश्रमिक छोडेर मुनाफाकाे शेयरमा

    • ५. ‘माग्ने राजा’ मा यसकारण माग्नेको लवज र थेगो प्रयोग गरियो

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.