• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘हली’ को प्रमोशनल गीत ‘चान्स पाएँ त’ सार्वजनिक

  •  कलाशैली संवाददाता
  • २०८२ असार १४, शनिबार १४:२८ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानीमा तयार भएको फिल्म ‘हली’ को प्रमोशनल गीत ‘चान्स पाएँ त’ आज सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा यो गीत सार्वजनिक गरियो, जसमा बाबुल गिरी र शान्तिश्री परियार को स्वर, जश्मिन श्रेष्ठ को शब्द र बाबुल गिरीकै संगीत रहेको छ ।

    निकै कर्णप्रिय रहेको यो गीतको भिडियोलाई पनि आकर्षक बनाइएको छ । सार्वजनिक प्रमोशनल गीतमा फिल्मका मुख्य नायक प्रमोद दीपसँगै कलाकारहरू दीपाश्री निरौला, किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले नृत्य गरेका छन् । कलाकारहरूको बलियो नृत्यले गीतको भिडियोलाई सशक्त बनाएको निर्माण टिमको भनाइ छ । यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् भने, विपिन मल्ल ले सम्पादन गरेका छन् ।

    वास्तविक जीवनका घटनाहरूबाट प्रेरित भनिएको यो फिल्मले देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली’ नै काफी रहेको कथा बताउने निर्मात्री जश्मिन श्रेष्ठले जानकारी दिइन् । आफूहरूलाई दर्शकले साथ दिएको खण्डमा निरन्तर रूपमा फिल्ममा काम गर्ने उनको भनाइ थियो । शुभ चिरायू फिल्म्ससँग जापुरा फिल्म्स प्रोडक्सनको सहकार्यमा निर्माण गरिएको यो फिल्ममा ओम प्रतीकको लेखन तथा निर्देशन छ । नम्रता भण्डारी सह–निर्माताको रूपमा छिन् ।

    फिल्ममा प्रमोद दीप, सुजता थापा, ओम प्रतीक, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडी को अभिनय छ ।

    अर्जुन भुसाल कार्यकारी निर्माता रहेको फिल्ममा लक्ष्मण बज्राचार्य लाइन प्रोड्युसर, जीवननाथ गौतम मुख्य सहायक निर्देशक, रामप्रसाद चौधरीको सम्पादन छ । फिल्ममा राहुल राईको छायांकन रहेको छ । यसैगरी, फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्धाजको संगीत, कुमार महर्जनको एक्सन, कविराज गहतराज र ओम प्रतीकको कोरियोग्राफी रहेको छ ।

    Post Views: 46
    • Hali
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ असार १४, शनिबार १४:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार
    ‘कोशेढुंगा’ को छायांकन सम्पन्न
    विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित
    ताजा अपडेट
    • १. महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा

    • २. ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार

    • ३. ‘कोशेढुंगा’ को छायांकन सम्पन्न

    • ४. विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित

    • ५. ‘झुम झुम झुम्किका’ मा पल र बेनिशा

    चर्चित
    • १. नृत्य मञ्चदेखि सगरमाथासम्म छिरिङ (फोटोफिचर)

    • २. सज्जनको ‘बेहुली’ बनिन् दिव्या

    • ३. चलचित्रलाई संस्कृति मन्त्रालय अन्तर्गत राख्न र सेन्सरकाे सट्टा प्रमाणीकरण गर्न माग

    • ४. ‘भाइटीका’ मा विपिन ‘दाइ’ बन्ने, पारिश्रमिक छोडेर मुनाफाकाे शेयरमा

    • ५. ‘माग्ने राजा’ मा यसकारण माग्नेको लवज र थेगो प्रयोग गरियो

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.