• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

हरर कमेडी जनरामा फिल्म ‘घोस्टेल’ निर्माण घोषणा

  •  कलाशैली संवाददाता
  • २०८२ असार १२, बिहीबार १२:३३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अनन्या फिल्मस्’को ब्यानरमा फिल्म ‘घोस्टेल’को निर्माण घोषणा भएको छ । बुधबार निर्माण कम्पनिले थीम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे जानकारी गराएको हो ।

    सार्वजनिक पोस्टरमा जब त्रासले हाँसो भेट्छ लेखिएको छ, जसले यो फिल्म हरर कमेडी जनरामा तयार हुने संकेत गर्छ । सन् २०२६ मा सार्वजनिक प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको यो फिल्मको ‘कास्ट एण्ड क्रू’बारे निर्माण टिमले केहि बताएको छैन । प्रमुख अभिनयमा रहने कलाकारहरू सार्वजनिकसँगै फिल्मको थप विवरण पनि खुलाउँदै जाने निर्माता सरोज न्यौपानेले बताए ।

    न्यौपानेसँग फिल्म निर्माणमा सुयोग गुरुङले सहकार्य गरेका छन् । फिल्मको कथा सुयोग गुरुङको नै हो । ‘जेरी अन टप’ निर्माता न्यौपाने र निर्देशक गुरुङ उक्त फिल्मको छायांकन सकाएसँगै एकसाथ नयाँ फिल्म निर्माणमा जुटेका हुन् ।

    यो फिल्मलाई सुरज सुनुवारले निर्देशन गर्नेछन् । ‘षडङ्ग’ फेम्ड निर्देशक सुनुवारको पछिल्लो फिल्म ‘खजुरे ब्रो’ गतवर्ष प्रदर्शनमा आएको थियो । ‘घोस्टेल’ सुनुवारको तेस्रो निर्देशकीय फिल्म हुनेछ । ‘जेरी अन टप’ आगामी तिहारमा प्रदर्शनमा आउँदैछ, यो फिल्मको प्रदर्शनपछि ‘घोस्टेल’को छायांकन प्रारम्भ हुने निर्माण पक्षले जनाएको छ ।

    Post Views: 254
    • Ghostel
    • Kala Saili
    • Kala Saili News
    • Saroj neupane
    • Suraj Sunuwar
    • Suyog Gurung
    प्रकाशित मिति: २०८२ असार १२, बिहीबार १२:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.