• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

सलमानले खोले ‘तेरे नाम’ हेयरस्टाइलको रहस्य

  •  कलाशैली संवाददाता
  • २०८२ असार ९, सोमबार १३:५२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । कुनै समय युवा पुस्तामाझ ‘फेसन स्टेटमेन्ट’ बनेको अभिनेता सलमान खानको ‘तेरे नाम’ वाला हेयरस्टाइलको रहस्य खुलेको छ । सन् २००३ मा रिलिज भएको र सलमानको करियरमा नयाँ मोड दिएको सुपरहिट फिल्म ‘तेरे नाम’ को उक्त हेयरस्टाइलको प्रेरणा भारतीय पूर्वराष्ट्रपति तथा ‘मिसाइल म्यान’ एपीजे अब्दुल कलाम रहेको सलमानले खुलासा गरेका छन् ।

    नेटफ्लिक्समा सप्ताहन्तदेखि सुरु भएको ‘द ग्रेट इन्डियन कपिल शो’ को तेस्रो सिजनको पहिलो एपिसोडमा पाहुना बनेर पुगेका सलमानले ‘तेरे नाम’ हेयरस्टाइलको पछाडिको कथा सुनाएका हुन् । उनले कलामको लामो कपालप्रति आकर्षित भएर आफूले त्यो लुक बनाएको बताए ।

    सलमानले भने, ‘सानो सहरका अभिनेता प्रायः लामो कपाल राख्थे, र कलाम साबको लुकले मलाई निकै प्रेरणा दियो ।’ फिल्ममा उनले ‘राधे’ नामक पात्रको भूमिका निर्वाह गरेका थिए । उनले त्यतिबेला राहुल रोयले पनि उस्तै शैलीको कपाल राख्ने गरेको स्मरण गरे । सलमानले सानो सहरको पात्रलाई विश्वसनीय बनाउनका लागि यस्तो लुक चयन गरेको बताए ।

    फिल्म रिलिजसँगै ‘तेरे नाम’ वाला हेयरस्टाइल भारतभरका युवाहरूबीच फेसन ट्रेन्ड बन्यो। ‘राधे’ पात्रले दर्शकको भावनामा गहिरो प्रभाव पारेको थियो, जसका कारण यो कपाल शैली पनि अत्यधिक चर्चित बन्न पुगेको थियो। नेपालमा समेत उक्त लुकलाई पछ्याउने युवाहरूको सङ्ख्या उच्च थियो।

    Post Views: 290
    • Kala Saili
    • Kala Saili News
    • Salman Khan
    • Tere Naam
    प्रकाशित मिति: २०८२ असार ९, सोमबार १३:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.