• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

प्रधानमन्त्री ओलीले दिए दुर्गेशलाई बधाई

  •  कलाशैली संवाददाता
  • २०८२ असार ९, सोमबार १३:३२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । गायक दुर्गेश थापा को चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’ ले युट्युबमा १० करोड भ्यूज (१०० मिलियन) को आँकडा पार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बधाई दिएका छन् । आइतबार साँझ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत दुर्गेश थापालाई बधाई दिँदै यस सफलतालाई नयाँ पुस्ताको संगीत रुचिसँग जोडेका छन् ।

    प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्, ‘नयाँ पुस्ताले बेग्लै स्वादका गीतसङ्गीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्‍यै’ गीतबाट थाहा हुन्छ । दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई ।’

    प्रधानमन्त्रीको बधाई सन्देशलाई दुर्गेश थापाले पनि आफ्नो सामाजिक सञ्जालमा सेयर गर्दै यसले आफ्नो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको बताएका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीको दल नेकपा एमालेले आयोजना गर्ने कार्यक्रममा पनि नयाँ पुस्ताका कलाकारहरूले प्रस्तुति दिन थालेको देखिएको छ । सरकारले हालै दरबारमार्गमा गरेको कार्यक्रममा पनि नयाँ पुस्ताका ब्यान्ड र कलाकारहरूले प्रस्तुति दिएका थिए, जसले युवा पुस्तासँग राजनीतिक दलहरूको बढ्दो सामीप्यलाई दर्शाउँछ ।

    Post Views: 385
    • Durgesh Thapa
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ असार ९, सोमबार १३:३२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.