• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

संसदीय प्रक्रियामा ‘चलचित्र विधेयक २०८१’

  •  कलाशैली संवाददाता
  • २०८२ असार ९, सोमबार १३:२५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली फिल्म उद्योगलाई समयसापेक्ष बनाउने लक्ष्यका साथ ल्याइएको ‘चलचित्र विधेयक, २०८१’ संसदीय प्रक्रियामा अघि बढेको छ । राष्ट्रिय सभामा आज बिहान ११ बजे बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

    यो विधेयक मन्त्री गुरुङले २०८२ साल वैशाख १४ गते राष्ट्रिय सभामा दर्ता गरेका थिए । जेठ ६ गते यसमाथि सैद्धान्तिक छलफल सम्पन्न भइसकेको छ । अब ‘विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल भएपछि सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्ने समय पाउनेछन् । राष्ट्रिय सभा नियमावली अनुसार, सांसदहरूलाई विधेयकमाथि संशोधनका लागि ७२ घण्टाको समय दिइनेछ । सांसदहरूको संशोधन र प्रस्तावित विधेयक एकै ठाउँ राखेर दफावार छलफलपछि विधेयक अगाडि बढ्नेछ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार, विक्रम संवत् २०२६ सालमा बनेको पुरानो ‘चलचित्र ऐन’ लाई समयसापेक्ष परिमार्जन गर्न यो विधेयक ल्याइएको हो । विधेयकमा उल्लेख भएअनुसार, यसको मुख्य उद्देश्य चलचित्र ऐनलाई समावेशी, सङ्घीय संरचनाअनुरूप र नयाँ प्रविधिसँग मिल्ने गरी बनाउनु हो ।

    अब यो विधेयकमाथि दफावार छलफल सभामै वा संसदीय विषयगत समितिमा हुनेछ । दफावार छलफलपछि विधेयक पारित गर्ने प्रक्रियामा जानेछ । राष्ट्रिय सभाले प्रक्रिया पूरा गरेर विधेयक पारित गरेपछि प्रतिनिधि सभामा जानेछ । प्रतिनिधि सभाले पारित गरेपछि पुनः राष्ट्रिय सभामा फर्किनेछ। राष्ट्रिय सभाले प्रतिनिधि सभामा भएको संशोधन स्वीकार गरेको खण्डमा विधेयक सभाध्यक्ष हुँदै राष्ट्रपतिकहाँ पुग्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक ऐनमा बदलिएर कार्यान्वयनमा आउनेछ ।

    Post Views: 294
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ असार ९, सोमबार १३:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.