• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

मङ्सिर १२ मा ‘हर्ष’

  •  कलाशैली संवाददाता
  • २०८२ असार ९, सोमबार १३:१७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । निर्देशक एकता पौडेलको डेब्यु फिल्म ‘हर्ष’ को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक गरिएको टाइटल भिडियोअनुसार यो फिल्म आगामी मङ्सिर १२ गते बाट प्रदर्शनमा आउनेछ । निर्देशक एकता पौडेलले टाइटल भिडियोको सुरुवातमा नै यो फिल्म स्वर्गीय निर्देशक शिव रेग्मी प्रति समर्पित रहेको उल्लेख गरेकी छिन् । निर्देशक पौडेल स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । उनले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी छन् भने आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छिन् । यसअघि निर्देशक पौडेलले केही छोटा फिल्महरू समेत निर्माण गरिसकेकी छन् ।

    सम्पूर्ण छायांकन चितवनमा नै गरिएको यस फिल्मको अहिले पोस्ट-प्रोडक्सनको काम धमाधम चलिरहेको छ । निर्देशक पौडेलले आफू र आफ्नो टिमले दर्शकलाई उत्कृष्ट फिल्म दिने प्रयास गरिरहेको बताएकी छिन् । फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित को अभिनय रहेको छ ।

    अष्टलक्ष्मी प्रोडक्सन्स र ई-प्राइम मुभिजको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । पारिवारिक सामाजिक कथा पस्किने यो फिल्ममा आलोक शुक्लाको छायांकन, समीर/हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको सङ्गीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनील क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ ।

    फिल्मका निर्माताहरू प्रशन्न पौडेल र विकास पौडेल हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् । फिल्ममा स्वर्गीय शिव रेग्मी, डाक्टर कृष्णहरि बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना, ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर, कुलदीप अधिकारी मुख्य सहायक निर्देशक रहेका छन् ।

    Post Views: 390
    • Barsha Raut
    • Ekta Paudel
    • Harsha
    • Kala Saili
    • Kala Saili News
    • Khagendra Lamichhane
    प्रकाशित मिति: २०८२ असार ९, सोमबार १३:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.