• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘राम नाम सत्य’मा जोडिए सुनिल

  •  कलाशैली संवाददाता
  • २०८२ असार ९, सोमबार १३:१० प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली । आगामी साउनको अन्तिम साताबाट छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘राम नाम सत्य’ को प्रि-प्रोडक्सनको काम धमाधम चलिरहेको छ । यसै क्रममा फिल्मका लागि कलाकार छनोट प्रक्रिया पनि तीव्र पारिएको छ । फिल्ममा नायकद्वय विराज भट्ट र सुशील श्रेष्ठ, तथा नायिकाद्वय दिव्या रायमाझी र सुपुष्पा भट्ट यसअघि नै फाइनल भइसकेका छन् । अब फिल्ममा अनुभवी कलाकार सुनील थापा लाई पनि अनुबन्धित गरिएको छ । निर्देशक माइकल चन्दका अनुसार, सुनील थापालाई यसपटक बिल्कुलै फरक गेटअपमा प्रस्तुत गर्ने तयारी गरिएको छ ।

    निर्देशक माइकल चन्दले फिल्मलाई लभस्टोरी, एक्सन, रोमान्स र सस्पेन्स शैलीमा बनाउने तयारी गरिरहेका छन् । नायक सुशील श्रेष्ठ ‘परिवर्तन’ नामक फिल्मको सेटबाट फर्किएसँगै फिल्मको वर्कशप सुरु हुने निर्देशक चन्दले बताए ।

    माइकल इन्टरटेन्मेन्ट हाउस को ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, श्वेता विमली र उत्तम गुरुङ को लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माताहरू डाक्टर डी.आर. उपाध्याय, टी.आर. गौडेल र नरेन्द्र शाह हुन्। फिल्ममा महेश पौडेल को डीओपी (डाइरेक्टर अफ फोटोग्राफी) रहनेछ । यस फिल्मका लागि साउथका कलाकार तथा एक्सन निर्देशकहरूसँग पनि सहकार्य गर्ने तयारी गरिएको छ ।

    Post Views: 187
    • Biraj Bhatta
    • Kala Saili
    • Kala Saili News
    • Ram Nam Satya
    • Sunil Thapa
    प्रकाशित मिति: २०८२ असार ९, सोमबार १३:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार
    ‘कोशेढुंगा’ को छायांकन सम्पन्न
    विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित
    ताजा अपडेट
    • १. महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा

    • २. ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार

    • ३. ‘कोशेढुंगा’ को छायांकन सम्पन्न

    • ४. विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित

    • ५. ‘झुम झुम झुम्किका’ मा पल र बेनिशा

    चर्चित
    • १. नृत्य मञ्चदेखि सगरमाथासम्म छिरिङ (फोटोफिचर)

    • २. सज्जनको ‘बेहुली’ बनिन् दिव्या

    • ३. चलचित्रलाई संस्कृति मन्त्रालय अन्तर्गत राख्न र सेन्सरकाे सट्टा प्रमाणीकरण गर्न माग

    • ४. ‘भाइटीका’ मा विपिन ‘दाइ’ बन्ने, पारिश्रमिक छोडेर मुनाफाकाे शेयरमा

    • ५. ‘माग्ने राजा’ मा यसकारण माग्नेको लवज र थेगो प्रयोग गरियो

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.