• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

सलिब्रेटीलाई मन पर्यो ‘महाभोज’

  •  कलाशैली संवाददाता
  • २०८२ असार ३, मंगलवार १६:४७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । शुक्रबार रिलिज भएको नेपाली फिल्म ‘महाभोज’ ले दर्शकहरूबाट अभूतपूर्व र शक्तिशाली सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फिल्म हेरेर हलबाट बाहिरिने दर्शकहरू प्रसन्न मुद्रामा देखिनुका साथै उनीहरूको सकारात्मक प्रतिक्रियाले फिल्मको व्यापारमा बढोत्तरी हुने अपेक्षा गरिएको छ । सहकारी ठगीजस्तो संवेदनशील सामाजिक यथार्थ र मानवीय संवेदनशीलतालाई गहिराइमा चित्रण गरेको भन्दै दर्शकहरूले ‘महाभोज’ लाई ‘हेर्नै पर्ने’ फिल्मको संज्ञा दिएका छन् । शो सकिने बित्तिकै दर्शकहरूले ताली बजाएर आफ्नो प्रशंसा व्यक्त गरिरहेका छन् ।

    एक दर्शकले फिल्म हेर्दा आफू अलि भावुक र अलि आक्रोशित भएको प्रतिक्रिया दिए । अर्का एक दर्शकले यो केवल मनोरञ्जन मात्र नभई एउटा शिक्षा र आन्दोलन पनि भएको बताए । समीक्षकहरूले पनि यसको पटकथा, निर्देशन र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन् ।

    यसै क्रममा, सोमबार साँझ काठमाडौंमा नेपाली फिल्म, साहित्य र अन्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले ‘महाभोज’ हेरेका छन् । कलाकार हरिवंश आचार्य, सरोज खनाल, जितु नेपाल, आयुष्मान देशराज जोशी, परीक्षा लिम्बू, निर्देशक तुलसी घिमिरे, नवीन चौहान, प्रदीप भट्टराई, साहित्यकार अमर न्यौपाने, विवेक ओझा, राजनीतिक विश्लेषक मुमाराम खनाल, समाजशास्त्री निर्मला ढकाल लगायतको उपस्थिति थियो । फिल्म हेरेपछि उनीहरूले ‘महाभोज’ ले उठाएका विषयवस्तु र यसको प्रस्तुतिको उच्च प्रशंसा गरे ।

    साहित्यकार अमर न्यौपानेले फिल्मले कानुनी राज्यको चुनौतीमाथि प्रश्न उठाएको बताए । ‘यत्रो सङ्घर्ष गरेर हामीले संविधान, कानुन बनाएका छौँ। हामी अहिले २०८२ सालको लोकतान्त्रिक गणतन्त्रमा छौँ, तर सहकारी पीडितहरूलाई न्याय गर्न कानुनले काम गरेको छैन । पीडकहरू अझै पनि प्रमाण लुकाउने ठाउँमा छन्। यत्रो ठूलो परिवर्तनपछि पनि कानुनले काम नगर्दा बल प्रयोग गर्नुपर्ने हो त भन्ने प्रश्न यो फिल्मले उठाउँछ’, उनले भने ।

    वरिष्ठ कलाकार हरिवंश आचार्यले फिल्मले जनताको पैसाको दुरुपयोग कसरी हुन्छ भन्ने यथार्थ चित्रण गरेको बताए । ‘जनताको पैसालाई माथिल्लो स्तरसम्मका नेताहरूले कसरी अपचलन गरेका छन् भनेर फिल्ममा राम्रोसँग देखाइएको छ’, उनले भने । वरिष्ठ कलाकार सरोज खनालले फिल्मको मुख्य सन्देशलाई प्रकाश पार्दै भने, ‘गोली ठोकेर मान्छे मार्ने मात्र हत्यारा हुँदैन, मर्न बाध्य पार्ने मान्छे सबभन्दा ठुलो हत्यारा हुन्छ भन्ने सन्देश नै ‘महाभोज’ ले दिएको सबैभन्दा ठुलो सन्देश हो। हाम्रो देशमा यो प्रकृति भएका धेरै मानिसहरू छन्, उनीहरूलाई यो फिल्मले झकझक्याउँछ ।’

    कलाकार जितु नेपालले फिल्मको विषयवस्तुको मार्मिकता र यथार्थपरकताको प्रशंसा गरे। ‘फिल्मले उठाएको विषयवस्तु नै एकदम राम्रो र मार्मिक छ। यसमा सहकारी ठगीलाई जसरी देखाइएको छ, त्यो यथार्थपरक छ। र, यो फिल्म अत्यन्त रमाइलो पनि छ’, उनले भने । कलाकार परीक्षा लिम्बूले फिल्मले नेतृत्वको नकारात्मक प्रभाव कसरी समाजमा पर्छ भन्ने कुरा देखाएको उल्लेख गरिन् ।

    ‘मलाई एकदमै यथार्थ महसुस भयो । एक जना नराम्रो नेतृत्वको कारणले पूरै समाजलाई कति नकारात्मक समस्या पर्छ भन्ने उदाहरण यो फिल्मले देखाएको छ’, उनले प्रतिक्रिया दिइन् । निर्देशक नवीन चौहानले ‘महाभोज’ का निर्देशक दिनेश राउत को कार्यको उच्च मूल्याङ्कन गरे । उनले भने, ‘महाभोजलाई मैले निर्देशक दिनेश राउतको आजसम्मकै उत्कृष्ट फिल्मको रूपमा पाएँ ।’

    दिनेश राउत को निर्देशन र विकास सुवेदी को लेखन रहेको ‘महाभोज’ क्लकरवर्क क्रिएसन र पिक्चर फ्रेम को संयुक्त प्रस्तुति हो । हिमाल कडरियाले निर्माण गरेको यस फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्त लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

    Post Views: 129
    • Aaryan Sigdel
    • Dayahang Rai
    • Dinesh Rait
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Review
    • Khagendra Lamichhane
    • Mahabhoj
    प्रकाशित मिति: २०८२ असार ३, मंगलवार १६:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार
    ‘कोशेढुंगा’ को छायांकन सम्पन्न
    विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित
    ताजा अपडेट
    • १. महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा

    • २. ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार

    • ३. ‘कोशेढुंगा’ को छायांकन सम्पन्न

    • ४. विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित

    • ५. ‘झुम झुम झुम्किका’ मा पल र बेनिशा

    चर्चित
    • १. नृत्य मञ्चदेखि सगरमाथासम्म छिरिङ (फोटोफिचर)

    • २. सज्जनको ‘बेहुली’ बनिन् दिव्या

    • ३. चलचित्रलाई संस्कृति मन्त्रालय अन्तर्गत राख्न र सेन्सरकाे सट्टा प्रमाणीकरण गर्न माग

    • ४. ‘भाइटीका’ मा विपिन ‘दाइ’ बन्ने, पारिश्रमिक छोडेर मुनाफाकाे शेयरमा

    • ५. ‘माग्ने राजा’ मा यसकारण माग्नेको लवज र थेगो प्रयोग गरियो

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.