• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

३६ दिनमा सकियो ‘जारी २’ को छायांकन

  •  कलाशैली संवाददाता
  • २०८२ असार ३, मंगलवार १६:११ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । कवि तथा निर्देशक उपेन्द्र सुब्बाको तेस्रो फिल्म ‘जारी २’ को छायांकन सम्पन्न भएको छ । सम्पूर्ण छायांकन पाँचथरमा गरिएको यस फिल्मको काम ३६ दिनमा ‘प्याकअप’ गरिएको हो । निर्माण कम्पनी बाँसुरी फिल्म्सले छायांकन सकिएको जानकारी दिँदै फिल्म आगामी बडादशैँको अवसरमा रिलिज हुने जानकारी दिएको छ । यद्यपि, निर्माण टिमले कुन मितिमा रिलिज हुन्छ भन्ने कुरा भने खुलाएको छैन ।

    छायांकन सकिएसँगै निर्माण टिमले फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर को क्यारेक्टर लुकसमेत सार्वजनिक गरेको छ । सार्वजनिक तस्वीरमा मिरुनालाई लिम्बू पहिरनमा र दयाहाङलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा देख्न सकिन्छ । यो फिल्मको स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ ।

    ‘जारी २’ मा २०८० सालको ब्लकबस्टर फिल्म ‘जारी’ का निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको छ । कवि सुब्बाको डेब्यु निर्देशन रहेको ‘जारी’ ले नेपाली बक्सअफिसमा १७ करोडभन्दा माथिको व्यापार गरेको थियो । त्यसैले, निर्माण घोषणासँगै ‘जारी २’ दर्शकको प्रतीक्षामा छ ।

    बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् । फिल्ममा दयाहाङ राई र मिरुना मगरसँगै विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, बेदना राई र सिर्जना निङ्लेखु को अभिनय रहेको छ ।

    Post Views: 320
    • Dayahang Rai
    • Jaari 2
    • Kala Saili
    • Kala Saili News
    • Miruna Magar
    • Upendra Subba
    प्रकाशित मिति: २०८२ असार ३, मंगलवार १६:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.