कलाशैली संवाददाता । चलचित्र विकास बोर्डले आफ्नो २५औँ स्थापना दिवसको अवसरमा पछिल्लो २५ वर्षमा सर्वाधिक कमाइ गर्ने २५ फिल्मलाई सम्मान गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार विसं २०५७ असार १६ देखि २०८२ जेठ मसान्तसम्म न्यूनतम ५ करोड रुपैयाँ कमाइ गरेका फिल्मलाई यो सम्मान प्रदान गरिनेछ ।
सम्मानका लागि निर्माताले ७ दिनभित्र लेखापरीक्षण कागजपत्र र वितरकबाट भुक्तानीको प्रमाणसहित बोर्डमा निवेदन दिनुपर्नेछ । आगामी असार १६ गते सम्मान वितरणसँगै ‘रियलटाइम बक्सअफिस’ प्रणाली र बोर्डका सेवाहरू अनलाइनबाट प्रदान गर्ने कार्यको शुभारम्भ गरिने डिसीले बताए ।