• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

जुनमै ‘पञ्चायत ४’

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ३१, शुक्रबार १२:५४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । ‘पञ्चायत’ शृखंला ओटिटीमा धेरै लोकप्रिय श्रृंखला हो। यस शोको चौथो सिजनको घोषणा भएदेखि नै फ्यानहरू यसको रिलिजको प्रतिक्षामा रहेका थिए, जो अब चाँडै धैर्यता खत्तम हुँदैछ । केही समय अघि यसका निर्माताले ‘पञ्चायत’ फ्यानहरूलाई यसको छिट्टै रिलिज चाहनुहुन्छ भने भोट दिनु पर्ने बताएका थिए। अब निर्माण पक्षले हालै ‘पञ्चायत ४’ को नयाँ रिलिज मिति घोषणा गरेको छ।

    अब तपाइँ यो श्रृंखला जुलाईको सट्टा २४ जुन देखि हेर्न पाउनु हुनेछ । निर्माण पक्षले ट्रेलरसँगै रिलिज मिति पनि घोषणा गरेको छ । क्याप्सनमा लेखिएको छ, ‘मतदान सुरू सुरु भएको छ, मत कसलाई मञ्जु देवी वा क्रान्ति देवी ? प्राइम भिडियोमा २४ जुनदेखि पञ्चायतमा छनोट गर्न सकिनेछ।’

    निर्माण पक्षले ‘पञ्चायतः ४’ को ट्रेलर सार्वजनिक गरेको छ । उक्त ट्रेलरमा फुलेरा गाउँमा चुनावलाई लिएर वातावरण तातेको र मञ्जुदेवी र क्रान्तिदेवीको पार्टीले जितका लागि हरसम्भव प्रयास गरिरहेको देखाइएको छ । कार्यक्रममा फेरि एकपटक भावनाका साथसाथै हल्का हाँस्यको स्पर्श पनि छ । समग्र ट्रेलर आउने बित्तिकै भाइरल भएको छ ।

    ‘पञ्चायत सिजन ४’ मा जितेन्द्र कुमार, नीना गुप्ता, रघुवीर यादव, चन्दन रोय, फैजल मलिक, दुर्गेश कुमार, पंकज झालगायतका कलाकार पनि मुख्य भूमिकामा छन् । यो शृङ्खला द भाइरल फिभरद्वारा निर्मित र दीपक कुमार मिश्रा र चन्दन कुमार (सह लेखक)द्वारा निर्माण गरिएको हो । शोलाई दीपक कुमार मिश्रा र अक्षत विजयवर्गीयले निर्देशन गरेका हुन् ।

    Post Views: 217
    • Jitendra Kumar
    • Kala Saili
    • Kala Saili News
    • Panchayat
    • Panchayat 4
    • TVF
    प्रकाशित मिति: २०८२ जेष्ठ ३१, शुक्रबार १२:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.