• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

रजनीकान्त एसियाकै सबैभन्दा महँगा अभिनेता !

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ २५, शनिबार १७:५९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । बलिउडदेखि साउथसम्म आफ्नो स्टारडम फैलाएका सुपरस्टार रजनीकान्त भारतीय फिल्म उद्योगमा दशकौँदेखि राज गरिरहेका छन् । ७४ वर्षको उमेरमा पनि उनको क्रेजमा कुनै कमी आएको छैन । ‘जेलर’ र ‘वेट्टायन’ पछि, उनी अब ‘कुली’ मार्फत ठूलो पर्दामा आउँदैछन् ।

    रजनीकान्तले ‘कुली’ फिल्मका लागि लिएको पारिश्रमिकले सबैलाई चकित पारेको छ । मनी कन्ट्रोलको रिपोर्टअनुसार, लोकेश कनागराज निर्देशित फिल्म ‘कुली’ महँगा फिल्ममध्ये एक हो । यस फिल्मको कूल बजेट ४०० करोड भारतीय रुपैयाँ रहेको छ, जसमध्ये रजनीकान्त एक्लैले २६० देखि २८० करोड भारु पारिश्रमिक लिएका छन् । यसका साथै, उनले फिल्मको नाफामा पनि केही हिस्सा पाउनेछन् । यो पारिश्रमिक आमिर खान र ज्याकी चेनभन्दा पनि बढी भएकाले रजनीकान्त एसियाकै सबैभन्दा महँगा अभिनेता बनेको भारतीय मिडियाहरूले दाबी गरेका छन् ।

    सन् २०१० मा ‘रोबोट’ फिल्म गरेपछि रजनीकान्त एसियाका महँगा अभिनेतामध्ये एक बनेका थिए, तर पछि आमिर खानले उनलाई पछि पारेका थिए । अब भने रजनीकान्तले फेरि इतिहास रचेका छन् । कलानिधि मारनले निर्माण गरिरहेको ‘कुली’ को कूल बजेट ४०० करोड भारु रहेको छ । यसमा, निर्देशक लोकेश कनागराजले ६० करोड भारु लिएका छन् भने अर्का मुख्य भूमिकामा रहेका नागार्जुनले करिब ३५ करोड पारिश्रमिक लिएका छन् । फिल्ममा आमिर खानको पनि केमियो रहेको बताइएको छ । उनको केही मिनेटको दृश्यका लागि पनि २५ देखि ३० करोड भारु पारिश्रमिक दिइएको छ ।

    त्यसैगरी, श्रुति हसन, सत्यराज र उपेन्द्र रावलाई पनि बजार मूल्यअनुसारको शुल्क दिइएको छ । ‘कुली’ १४ अगस्ट २०२५ मा थिएटरहरूमा रिलिज हुनेछ ।

    Post Views: 302
    • Coolee
    • Kala Saili
    • Kala Saili News
    • Rajanikantha
    प्रकाशित मिति: २०८२ जेष्ठ २५, शनिबार १७:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.