• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

समीक्षक समाजको अध्यक्षमा तिमल्सेना

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ २५, शनिबार १६:४४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा सामीप्यराज तिमल्सेना निर्वाचित भएका छन् । काठमाडौँको पिंगलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा बसेको साधारणसभाले तिम्लसेनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष तिम्लसेनाले संस्थाका योजनालाई कार्यान्वयन गर्ने र चलचित्र समीक्षालाई बढाउने बताएका छन् ।

    उनले भने,‘हामी संस्थाका योजनालाई प्रभावकारी रूपमा अगाडि बढाउनेछौँ र रोकिएको ‘फिक्सन अवार्ड’लाई निरन्तरता दिनेछौँ ।’ नेपाल पत्रकार महासङ्घसँग आबद्ध एसोसियट संस्था ‘फिक्सन’को खुला उपाध्यक्षमा भेषराज कार्की र अनिल यादव, समावेशी उपाध्यक्षमा रीना मोक्तान, महासचिवमा प्रभाकर गौतम, खुला सचिवमा नरेश फुयाँल, समावेशी सचिवमा लक्ष्मी बलायर र कोषाध्यक्षमा समर्पण श्री सर्वसम्मत चयन भएका छन्। यस्तै, कार्यसमिति सदस्यमा सुशीला तामाङ, सङ्गीता गिरी, अभिमन्यु दीक्षित, प्रशुन सङ्ग्रौला र श्रीजु सरल चयन भए ।

    नेपाल पत्रकार महासङघका सचिव प्रकाश धौलाकोटीले ‘फिक्सन’ लामो समयदेखि सक्रिय संस्था भएको उल्लेख गर्दै महासङघ सधैँ सहकार्य गर्न तत्पर रहेको बताए । उनले भने,‘फिल्म हेर्ने संस्कृति बढिरहेको सन्दर्भमा समीक्षा अपरिहार्य छ । यहाँका सदस्यले इमानदारीपूर्वक चलचित्रको निष्पक्ष समीक्षा गरी पाठकलाई सुसूचित गर्नुहुनेछ भन्ने विश्वास छ ।’

    साधारणसभामा निवर्तमान अध्यक्ष दीपेन्द्र लामा, पूर्वअध्यक्ष यज्ञशर पण्डित, पूर्वमहासचिव नारायण अमृत, निवर्तमान उपाध्यक्ष स्मृति ढुङ्गाना लगायत सहभागी थिए । नयाँ कार्यसमितिले दुई वर्षसम्म ‘फिक्सन’को नेतृत्व गर्नेछ ।

    Post Views: 214
    • Bhesh Raj Karki
    • ficson
    • Kala Saili
    • Kala Saili News
    • Samipya Raj Timalsena
    प्रकाशित मिति: २०८२ जेष्ठ २५, शनिबार १६:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.