कलाशैली संवाददाता । नेपाली फिल्म ‘जन्ते बाख्रो’ आज शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । प्रिमियर शोबाट ‘पूर्ण मनोरञ्जनात्मक र पारिवारिक’ भनी सकारात्मक प्रतिक्रिया बटुलेको यो फिल्मलाई देशभरका मल्टिप्लेक्स तथा मोफसलका हलहरूले उत्साहजनक शो संख्या प्रदान गरेका छन् ।
निर्देशक सिमोश सुनुवारले फिल्मको शीर्षकले परम्परा र संस्कृतिलाई नयाँ पुस्तामाझ पुर्याउने विश्वास व्यक्त गरे । ‘यो फिल्मको कथा प्रेमकथानक भए पनि शीर्षक ‘जन्ते बाख्रो’ले नयाँ पुस्तालाई हाम्रो मौलिक परम्परासँग जोड्नेछ भन्ने आशा छ’, उनले भने ।
निर्माता सन्तोष गौतम प्रिमियरको सकारात्मक प्रतिक्रिया र दर्शकको ‘वर्ड अफ माउथ’ले फिल्मको प्रचारमा महत्वपूर्ण भूमिका खेल्नेमा आशावादी छन् । ‘हामीले इमानदारीपूर्वक एउटा राम्रो फिल्म बनाएका छौँ र कथावस्तुअनुसार सुहाउँदो कलाकार छनोट गरेका छौँ’, निर्माता गौतमले भने, ‘दर्शकबाटै फिल्मको प्रचार हुनेमा विश्वस्त छौँ ।’
प्रदीप भारद्वाजको लेखनमा तयार भएको ‘जन्ते बाख्रो’मा सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ दर्शकमाझ प्रदर्शनअगावै लोकप्रिय भइसकेका छन् भने ट्रेलरले पनि सकारात्मक प्रतिक्रिया पाएको छ।
मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यो फिल्ममा हरि हुमागाईंको छायाङ्कन निर्देशन, उत्तम हुमागाईंको छायाङ्कन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ। फिल्मलाई टिफल्क फिल्म्सले वितरण गरेको हो भने यसको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ।
फिल्मले मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा उल्लेख्य शो पाएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा १ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ४ शो, लबिम मलमा ३ शो , सिभिल मलमा ३ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा ३ शो, राइजिङ्ग मलमा १ शो, सिटी स्क्वायरमा २ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा २ शो, वुटवलमा २ शो, दमौलीमा ३ शो, नारायणघाटमा रहेको जलमामा २ शो, विराटनगरमा २शो, विर्तामोडमा ३ शो, विरगंजमा १, पोखरामा ३ शो र चितवनमा ३ शो रहेको छ ।
काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा २ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ३ शो, सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा २ शो, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा २ शो, जमलमा रहेको विश्वज्योति सिनेमाजमा १ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा २ शो, किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्समा १ शो, सितापाइलामा रहेको सिके सिनेमाजमा २ शो, बानेश्वरमा रहेको वान सिनेमाजमा ४ शो र कालिमाटीमा ३ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ३ शो, बानेश्वरमा रहेको आइएनआईमा ३ शो र बुटवलमा रहेको आइएनआइमा ३ शो, नैकापमा रहेको डीएम सिनेमाजमा १ शो, भक्तपुरमा रहेको सुर्यविनायक सिनेमाजमा १ शो रहेको छ ।
पोखरामा रहेको मिडटाउनमा १ शो, सिमरामा रहेको आइएनआइ केएसआर मुभिजमा ३ शो, दमकमा रहेको डिम्याक्स सिनेमाजमा २ शो, विराटनगरमा रहेको सिटी सिनेमामा २ शो, धरान र बुटवलमा रहेको रहेको फ्रेन्ड्स सिनेमामा १ शो, विर्तामोडमा रहेको पाथिभरा सिने प्लाजामा १ शो, धनगढीमा रहेको एसटिएस सिनेमामा १ शो, पर्सा चितवनमा रहेको म्याङ्गो जनज्योतिमा २ शो, नवलपुरमा रहेको कावासोती सिनेम्याक्समा १ शो, विराटनगरमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा १ शो, नेपालगञ्जमा रहेको सिने रोयलमा ३ शो, इटहरीमा रहेको इलाइट सिनेमामा ३ शो रहेको छ ।





