• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ग्रामिण परिवेशमा पहिलोपटक काम गरें : आशिफ

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ २३, बिहीबार ००:२१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आशिफ शाह धेरैपछि फिल्म ‘जन्ते बाख्रो’ मार्फत दर्शकसामु आउँदैछन् । त्यसो त मिडियामा चर्चामै रहिरहने आशिफले फिल्म भने निकै कम गरेका छन् । ‘मिसन पैसा’ मा सानो भूमिकामा देखिएका आशिफले ‘लभ सासा’ र ‘दुई रुपैयाँ’ मा काम गरेका छन् । उनले ‘कर्कश’ निर्देशन पनि गरे । म्युजिक भिडियो निर्देशकको रुपमा परिचय बनाएका आशिफले ‘जन्ते बाख्रो’ आफ्नो स्वभावसँग मिल्दोजुल्दो भएकाले अफर भएको बताए ।

    ‘फिल्मलाई सिमोश सुनुवारले निर्देशन गर्दै हुनहुन्छ र बन्दै छ भन्ने मैले थाहाँ पाएको थिएँ । किनकि हाम्रो सर्कल लगभ एउटै छ । निर्देशकले मेरो पात्रको बारेमा सुनाउँदै यो कसलाई सुहाउँला भनेर एक जना मेकअप आर्टिस्टलाई सोध्नु भएछ । उहाँले आशिफ दाईलाई सुहाउला भनेपछि निर्देशकले ढुक्क भएर मलाई अफर गर्नुभएको रहेछ’, आशिफले भने ।

    निर्देशक सिमोशले पनि उक्त पात्रमा आशिफलाई देखेका रहेछन् । तर, आफ्नो सोचाई अरुसँग मिल्छ की मिल्दैन भनेर जाँच गरेको बताए । उनले भने,‘हाम्रो साथीभाई र काम गर्ने साथीभाई उस्तै उस्तै छन् । त्यसैले मैले आशिफलाई अफर गर्नु अगाडि अरुबार कन्फर्म गरेको थिएँ । मैले काठमाडौँ बाहिर हुँदा नै फोनमार्फत क्यारेक्टरको बारेमा जानकारी दिएर फिल्म गर्नुपर्छ भनेको थिएँ ।’

    फिल्म अफर भएपछि आशिफले उत्साहित भएको स्मरण गरे । विशेषत फिल्ममा सौगात मल्ल छन् भन्ने कुराले उनलाई उत्साहित बनाएको थियो । उनी टेलिभिजन भन्दा बाहिर फिल्ममा आफ्नो कमाल देखाउन चाहन्थे । सार्वजनिक फिल्मको गीत र ट्रेलरमार्फत उनले राम्रो प्रतिक्रिया पाएका छन् । उनको क्यारेक्टरको स्वभाव आफूसँग मिल्ने महसुस गरेका छन् ।

    ‘म सबैसँग सहज रुपमा खुल्न सक्दिन्, तर एउटा साथी सर्कल छ, जहाँ म खुल्न सक्छु । त्यहि सर्कलमा निर्देशक सिमोश हुनहुन्छ । उहाँले त्यसकारण पनि मलाई ‘जन्ते बाख्रो’ को भूमिका अफर गरेको हुनसक्छ । यो मेरो एउटा फरक रुप दर्शकसम्म आउँदैछ’, आशिफले भने ।

    उनले फिल्मको ट्रेलरमा बोकेर हिड्ने डोरी, फिल्ममा देखिने बाख्रो पनि कथासँग जोडिएको छ । टेलिभिजन र म्युजिक भिडियोमा लामो समय काम गरिसकेका आशिफ अब फिल्ममा आफूलाई भिन्न भिन्न तरिकाले प्रस्तुत गर्न चाहन्छन् । यसपटक सौगातसँग काम गर्दा उनले अभिनयका नयाँ आयामसँग परिचित हुने मौका पाएँ ।

    ‘मेरो पात्रको भावनालाई बाहिर ल्याउन पनि सौगातले मदत गरेका छन् । उनले सिकाएको शैलीले हामीलाई पात्रलाई जीवन्त बनाउन मदत गरेको छ । यो फिल्मको काम गराई मेरा लागि अभिनय शिक्षा जस्तो पनि भयो । म सौगातबाट अभिनयमा शिक्षित भएको महसूस गरेको छु । उनको प्रभाव मेरो आगामी काममा देखिन्छ’, उनले भने ।

    उनी फिल्मको सफलताको श्रेय सबैले पाउने भएकाले ढुक्क छन् । फिल्मलाई दर्शकले रुचाउँदा आफ्नो पात्र पनि रोजाईमा पर्ने आशिफ बताउँछन् । फिल्मको शिर्षकले नै नेपाली परम्परालाई व्यक्त गर्ने भएकाले ‘जन्ते बाख्रो’ मार्फत नयाँ पुस्ता जिज्ञाशु हुने विश्वास निर्देशक सिमोशले व्यक्त गरे ।

    ‘हामीले शिर्षक ‘जन्ते बाख्रो’ राखेपछि यो विषयमा नयाँ पुस्ताले सोधखोज गरेको पाएका छौँ । फिल्म हेर्नु हुन्छ वा हेर्नु हुन्न् त्यो अहिले भन्न सकिन्न तर हाम्रो एउटा परम्पराका बारेमा अवगत हुनुहुन्छ भन्ने लागेको छ । हाम्रो एउटा आशय नै नयाँ पुस्तालाई संस्कृति र परम्परालाई बुझाउँदै मनोरञ्जन दिनु हो’, निर्देशक सिमोशले भने ।

    फिल्ममा आशिफसँगै सौगात मल्ल, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।

    अहिले गाउँघरबाट हराउँदै गएको भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर तयार गरिएको ‘जन्ते बाख्रो’ मा परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले नयाँ पुस्ताका लागि मनोरञ्जनसहित जानकारी प्राप्त हुनेमा निर्माण पक्ष विश्वस्त छ ।

    फिल्मलाई सन्तोष गौतमले निर्माण गरेका हुन् । फिल्मको सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाइसकेका छन् । फिल्मको सार्वजनिक ट्रेलरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

    मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्म्सले वितरण गर्ने यो फिल्मको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ । निर्माण पक्षका अनुसार, फिल्म जेठ २३ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउनेछ ।

    Post Views: 310
    • Asif Shah
    • Jante Bakhro
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ जेष्ठ २३, बिहीबार ००:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.