• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘जन्ते बाख्रो’ मा गरेको मेहनत दर्शकले पर्दामा देख्नुहुन्छ : गरिमा

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ २३, बिहीबार ००:१७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । प्रख्यात सामाजिक सञ्जाल प्लाटफर्म टिकटक अहिले धेरैका लागि मनोरञ्जनको मध्यम बनेको छ । भिडियो माध्यम भएकाले पनि प्रयोगकर्ताको आकर्षण बढेको अनुमान छ । यहि प्लाटफर्मबाट आफ्नो पहिचान बनाएकी गरिमा शर्मा अभिनेत्री बनिसकेकी छिन् । अरुको गीतमा नृत्य तथा अभिनय गरेर नोटिस भएकी गरिमाले ‘पिरतीको गीत’ बोलको गीतबाट म्युजिक भिडियो यात्रा थालेकी थिइन् । उनको अभिनय रहेको ‘नबोली नबोली’, ‘पर्दैन फकाउन’, ‘एउटा सपना छ’, ‘बस्यौ अलग्गै’ लगायत थुप्रै म्युजिक भिडियो हिट छन् ।

    म्युजिक भिडियोमा समेत चर्चा पाएपछि नयाँ अनुहारको खोजि हुँदै गर्दा गरिमाले फिल्म ‘लण्डन टु पेरिस’ मार्फत अभिनेत्रीको यात्रा सुरू गरिन् । त्यसपछि ‘दौतरी’, ‘ह्रस्व दीर्घ’, र ‘वर एण्ड वधु’ लगायत फिल्ममा समेत अभिनय गरेकी गरिमा पहिलोपटक मुख्य अभिनेत्रीका रुपमा ‘जन्ते बाख्रो’ मार्फत दर्शक सामु आउँदैछिन् ।

    जेठ २३ गतेबाट प्रदर्शन हुने फिल्म ‘जन्ते बाख्रो’ मुख्य अभिनेत्री भएका कारण उनले भागदौड गरिरहेकी छिन् । फिल्मको प्रचार गर्न सक्दो समय दिएकी छिन् । त्यसो त गरिमाले चाहेको पनि यहि नै हो ।

    ‘मैले यस्तै समयको लागि मेहनत गरेकी थिएँ । आज जे पाएकी छु वा जे गरिरहेकी छु, यो विगतका परिश्रमको नतिजा हो । फिल्ममा मैले सम्झना नामक पात्रको भूमिका निर्वाह गरेकी छु । ‘जन्ते बाख्रो’ को कथा नै सम्झनाको वरिपरी घुमेको छ, त्यसकारण म अहिले निकै आशावादी छु’, उनले भनिन् ।

    त्यसो त गरिमाले यसअगाडि पनि ठूला प्रोजेक्टमा काम गरिसकेकी छिन् । तर, उनलाई अभिनय गर्न नसकेको आरोप पनि लाग्यो । आफ्नो आलोचनालाई गरिमाले बुझ्दै अभिनय पनि सिकिन् । उनले कुनै पनि कलाकारलाई पर्दामा हेरेर आफ्नो कमजोरी जाँच गर्न समय लाग्ने बताइन ।

    ‘यो एउटा प्रोसेस नै हो जस्तो लाग्छ । किनकि आफूलाई पर्दामा हेरेर मात्र यस्तो गर्नु पर्ने रहेछ, यस्तो सुहाउने रहेछ भन्ने आभाष हुने रहेछ । मैले ‘ह्रस्व दीर्घ’ मा काम गरेपछि अभिनय पनि सिकेकी थिएँ । मैले जे कुराको लागि मेहनत गरेको थिएँ, त्यसलाई न्याय गर्न हरसम्भव प्रयास गरेकी छु । यसपटक मेरो अघिल्ला फिल्ममा सुनिएका गुनासाहरू पुनः दोहोरिदैन भन्नेमा विश्वस्त छु, त्यहि अनुसारको मेहनत पनि गरेकी छु’, गरिमाले भनिन् ।

    ‘जन्ते बाख्रो’ मा उनले अभिनेता सौगात मल्लसँग काम गरेकी छिन् । सौगात जस्तो सुकै अभिनय पनि गर्न सक्ने र पात्रलाई बाच्ने कलाकारका रुपमा अपरिचित छन् । सौगातसँग काम गर्नु पाउँदा गरिमा उत्साहित थिइन्, तर डर पनि उत्तिकै थियो । किनकि सौगातसँगै पर्दाममा देखिँदा गरिमाले चुनौती महसुस गर्नु स्वाभाविक नै थियो ।

    ‘मलाई पहिला सौगात दाईसँग काम गर्दा कस्तो हुने हो, मलाई के भन्ने हुन् जस्तो लाग्थ्यो । छायांकन अगाडि गरिएको वर्कशपमा पनि दुई – तीन दिनसम्म सौगात दाई खुल्नु भएन, म केही डराएकी थिएँ । तर, उहाँ सहज हुँदै गएपछि विस्तारै मलाई सहयोग गर्न थाल्नुभयो । वर्कशपदेखि छायांकनसम्म पनि मेरो पात्रले गर्ने हाउभाउमा समेत उहाँले सहयोग गर्नु हुन्थ्यो । उहाँले आफ्नो अभिनयको ज्ञान बाड्नु भएको छ, जसलाई मेरो अभिनयमा पनि यसपटक देख्नुहुन्छ भन्ने लागेको छ’, गरिमाले भनिन् ।

    उनले सौगात मल्ल जस्तो को-एक्टर पाउँदा आफूले धेरै कुरा सिक्ने अवसर पाएको बताइन । ‘जन्ते बाख्रो’ नाम भएकाले फिल्मको प्रसंग पनि जोडिएको छ । कथाको निरन्तरता नै ‘जन्ते बाख्रो’ सँग जोडिएको छ । त्यसकारण फिल्मको प्रचारमा समेत ‘बाख्रो’ को प्रयोग गरिएको गरिमाको भनाइ छ । उनले सार्वजनिक भएको ट्रेलर भन्दा फिल्म निकै राम्रो बनेको बताइन ।

    ‘ट्रेलरमा देखिएको जस्तो कथा पनि होइन, यसमा केही रिभिल गरेका छैनौं । फिल्म हेर्दा मनोरञ्जनसँगै हाम्रो ‘जन्ते बाख्रो’ को परम्परा बारे म जस्तै नयाँ पुस्ताले जानकारी पाउनु हुन्छ । यसको संवाद अहिले टिकटक र फेसबुकका रिल्समा देखिरहेकी हुन्छु, फिल्ममा अझैँ रमाईला संवाद छन्’, उनले भनिन् ।

    टिकटकमा मनोरञ्जनका लागि भिडियो बनाउँदै गर्दा गरिमाले फिल्ममा आउँने कल्पना पनि गरेकी थिइनन् । सफलता पाउँदै गर्दा उनले सोही यात्रामा आफूलाई अगाडि बढाइन । फलत: आज उनी फिल्मको अभिनेत्री बनिसकेकी छिन् ।

    ‘टिकटकले मलाई यहाँसम्म ल्यायो, यो उपलब्धी मेरा निमित सानो होइन । त्यसकारण यो यात्रालाई निरन्तरता दिन मैले सक्दो कोसिस गरिरहेकी छु, आगामी दिनमा झनै मेहनत गर्ने छु । किनकि सङ्घर्षले दिएको सफलताको महत्वलाई मैले राम्रोसँग बुझेकी छु’, गरिमाले भनिन् ।

    फिल्ममा गरिमासँग, सौगात मल्ल, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।

    अहिले गाउँघरबाट हराउँदै गएको भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर तयार गरिएको ‘जन्ते बाख्रो’ मा परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले नयाँ पुस्ताका लागि मनोरञ्जनसहित जानकारी प्राप्त हुनेमा निर्माण पक्ष विश्वस्त छ । फिल्मलाई सन्तोष गौतमले निर्माण गरेका हुन् । फिल्मको सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाइसकेका छन् । फिल्मको सार्वजनिक ट्रेलरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

    मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्म्सले वितरण गर्ने यो फिल्मको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ । निर्माण पक्षका अनुसार, फिल्म जेठ २३ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउनेछ ।

    Post Views: 272
    • Garima Sharma
    • Jante Bakhro
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ जेष्ठ २३, बिहीबार ००:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.