• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

एप्पलको फिल्म ‘टासी’ को नेपाल छायांकन सम्पन्न

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ २१, मंगलवार १७:१७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अमेरिकी प्रविधि कम्पनी एप्पलको आगामी फिल्म ‘टासी’ को नेपाल छायांकन सफलतापूर्वक सम्पन्न भएको छ । एक महिना लामो नेपालको छायांकनका लागि निर्माण टोलीले १५ करोड रुपैयाँभन्दा बढी खर्च गरेको अनुमान गरिएको छ। फिल्मको छायांकनको अन्तिम तीन दिन तनहुँको प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुर मा गरिएको थियो। यसअघि फिल्मका दृश्यहरू मुस्ताङ, ललितपुर, सिन्धुपाल्चोक र सोलुखुम्बु मा खिचिएका थिए । नेपालको रमणीय प्राकृतिक सौन्दर्यलाई फिल्ममा समेटिएको छ ।

    ‘टासी’ को नेपाल छायांकनको सम्पूर्ण व्यवस्थापन बलिउड कम्पनी आइटप ले हेरेको थियो, जसको नेतृत्व प्रवेश साहनी ले गरेका छन्। छायांकनका लागि भारतबाट ३०० भन्दा बढी प्राविधिक नेपाल आएका थिए। यसका साथै, नेपाली तथा स्थानीय कलाकारहरूको सहभागिताले स्थानीय पर्यटन प्रवर्धन र रोजगारी सिर्जनामा समेत महत्त्वपूर्ण योगदान पुगेको बताइएको छ।

    यो फिल्मले सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति तेन्जिङ नोर्गे शेर्पा को प्रेरणादायी कथा प्रस्तुत गर्छ। फिल्ममा हलिउडका चर्चित अभिनेताहरू विलियम डफोई र टम हिडलस्टन को मुख्य भूमिका रहेको छ । सन् १९५३ मा शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारी ले सगरमाथाको पहिलो सफल आरोहण गरेका थिए। यस आरोहणको नेतृत्व तेन्जिङले गरेका थिए । फिल्ममा हिडलस्टनले हिलारीको भूमिका निर्वाह गर्नेछन् भने डफोईले अंग्रेज आरोहण दलका नेता कर्णेल जोन हन्ट को भूमिकामा देखिनेछ न्।

    ‘टासी’ को निर्माण अस्कर विजेता फिल्म ‘द किङ्ग्स स्पिच’ को निर्माता कम्पनी सी-स फिल्म्स ले गरिरहेको छ । फिल्मको निर्देशन जेनिफर पिडम ले गरेकी छन्, जसले यसअघि ‘शेर्पा’ र ‘माउन्टेन’ जस्ता सफल डकुमेन्ट्रीहरू निर्देशन गरिसकेकी छिन् ।

    Post Views: 239
    • Kala Saili
    • Kala Saili News
    • Tashi
    • Tenzing Norgay Sherpa
    • Tom Hiddleston
    • Willem Dafoe
    प्रकाशित मिति: २०८२ जेष्ठ २१, मंगलवार १७:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.