• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘मलाई क्यारेक्टर फरक बनाउन समय चाहिन्छ’

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ २१, मंगलवार ११:५७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेता सौगात मल्ल अभिनयमा अब्बल कलाकार हुन् । उनले पात्रलाई बाच्ने गरेको प्रतिक्रिया दर्शकबाट पाउने गरेका छन् । जुनसुकै भूमिकामा आफूलाई प्रस्तुत गर्न सक्ने अभिनय मल्लले समय पाउँदा आफूले क्यारेक्टरलाई नयाँ गर्न सक्ने बताएका छन् ।

    ‘एउटा फिल्ममा काम गरिसकेपछि केही समय पाईयो भने म नयाँ क्यारेक्टर निर्माण गर्न सक्छु । किनकि एउटामा काम गरिरहदा लगत्तै अर्कोमा काम गर्न सहज हुँदैन । ‘जन्ते बाख्रो’ मा मैले आफ्नो क्यारेक्टरलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ । लेखकसँग छलफल गरेर क्यारेक्टरलाई निर्माण गर्न पाएकाले यो फरक देखिएको छ’, अभिनेता मल्लले भने ।

    उनले लेखिएको पात्रले भोग्ने कथा, रहने परिवेशले आफूलाई तयार गर्ने गरेका छन् । यद्यपि, कुनै पात्र तयार गर्दै गर्दा उनको व्यतिगत भोगाई पनि त्यहाँ मिसिन्छ । निर्देशकले देख्ने र अभिनेता मल्लले बुझ्ने पात्र मिलेपछि त्यो पर्दामार्फत दर्शकसम्म पुग्ने गरेको छ । उनलाई निर्देशकको पछिल्लो कामले पनि खासै फरक पार्दैन, किनकि हरेक नयाँ कामको छुटै प्रतिफल आउने उनले बुझेका छन् ।

    ‘मलाई निर्देशकको पछिल्लो काम भन्दा पनि उसले म कहाँ ल्याएको विषय र त्यसको प्रस्तुतीकरणले आकर्षण गर्छ । पछिल्लो काम विग्रिएको छ भने आउँदो काम राम्रो गर्न सक्दैन भन्ने मलाई लाग्दैन । विश्वभर आश नगरिएकाले निर्देशक, अभिनेताले गज्जब काम गरेका छन् । र, म कहाँ प्रस्ताव आएका फिल्मबाट नै मैले छनौट गर्ने हो । कहिले काही फलानो फिल्म किन नगरेको भन्ने पनि सुन्छु । तर, म कहाँ आएका र मलाई राम्रो बन्छ भन्ने लागेका फिल्ममै मैले काम गर्ने हो’, अभिनेता मल्लले भने ।

    उनले फिल्म ‘जन्ते बाख्रो’ ले आफ्नो ग्रामिण जीवनलाई स्मरण गराएको बताए । विशेषत गाउँमा हुँदा उनले भोज भतेरमा सहभागी जनाएको किस्सा सुनाए ।

    ‘गाउँमा हुँदा यस्ता भोज भतेरमा काम गर्न पुगिन्थ्यो । किनकि त्यहाँ सबै गाउँले मिलेर नै विवाह लगायतका गतिविधीमा सघाउने प्रचलन छ । मसहितको एउटा साथीको टिमले यस्ता विवाहमा धेरै पटक भोज तयार गरेका छौँ । यो प्रक्रियामा गाउँमा रहेका सबै सहभागी हुनुभएको छ’, उनले भने ।

    अभिनेता मल्लले को स्टारद्वय आशिफ शाह र गरिमा शर्मासँग पहिलोपटक काम गरेका हुन् । यद्यपि, आशिफसँग भने ‘कागवेनी’ मा अभिनय गर्ने समयमै सौगात परिचित थिए । उनीहरूले सँगै सहकार्य गर्ने छलफल पनि भएको थियो, तर त्यो छलफलले पूर्णता पाएन ।

    ‘मैले पहिला देखि नै चिनेकाले पनि काम गर्न सहज भयो । साथै, छायांकन अगाडि हामीले पटकथामा छलफल गर्दा पनि एक अर्कासँग जानकार भयौँ । सोही कारण तपाइँले सार्वजनिक प्रचार सामग्रीमा हाम्रो ‘कम्फर्ट’ लाई देख्नुभएको होला । यो फिल्म रमाइलो बनेको छ, हामीले छायांकनमा पनि रमाइलो गरेका थियौँ । सोही कुरा फिल्मका दृश्यमा विम्वित भएको छ’, अभिनेता मल्लले भने ।

    फिल्मले परम्पराका विषयमा जानकारी दिदै मनोरञ्जन दिने बुझाइ उनको छ । उनका अनुसार ‘जन्ते बाख्रो’ दुई प्रकारको हुन्छ । एउटा बेहुली लिएर फर्किएको बेहुलासहितको जन्तीलाई बेहुली पक्षले बाटोमा खान दिएको हुन्छ भने अर्को बेहुली भित्र्याएपछि हुने भतेर (भोज) मा खाइन्छ । फिल्मको कथालाई यसै प्रसंगसँग जोडेर तयार गरिएको अभिनेता मल्लले बताए ।

    ‘हाम्रो परम्परा र संस्कृतिले एकआपसमा जोड्ने र सामीप्यता बढाउने गरेको पाइन्छ । पछिल्लो समय ‘जन्ते बाख्रो’ खुवाउने प्रचलन ‘पार्टी प्यालेस’ ले बदलेको छ । त्यहीकारण फिल्मले हाम्रो परम्परा र संस्कृतिलाई प्रस्तुत गरेको छ, जहाँ रमाइलो र आत्मियता पाइन्छ’, अभिनेता मल्लले भने । उनले आफ्नो विवाह बारे सोधिएको प्रश्नमा भव्यता भन्दा पनि सरलता मन पर्ने बताए । उनी आफ्नो स्वभाव अनुसार नै जीवनयापन गर्न चाहन्छन् ।

    ‘भव्यताले मलाई कहिले पनि आकर्षित गरेन्, मेरो विवाह हुँदा पनि सरल नै हुन्छ किनकि म त्यस्तै रुचाउँछु’, उनले भने । फिल्ममा अभिनेता मल्लसँगै आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।

    अहिले गाउँघरबाट हराउँदै गएको भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर तयार गरिएको ‘जन्ते बाख्रो’ मा परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले नयाँ पुस्ताका लागि मनोरञ्जनसहित जानकारी प्राप्त हुनेमा निर्माण पक्ष विश्वस्त छ ।फिल्मलाई सन्तोष गौतमले निर्माण गरेका हुन् । फिल्मको सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाइसकेका छन् । फिल्मको सार्वजनिक ट्रेलरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

    मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्म्सले वितरण गर्ने यो फिल्मको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ । निर्माण पक्षका अनुसार, फिल्म जेठ २३ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउनेछ ।

    Post Views: 315
    • Jante Bakhro
    • Kala Saili
    • Kala Saili News
    • saugat malla
    प्रकाशित मिति: २०८२ जेष्ठ २१, मंगलवार ११:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.