• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

देश दौडाहामार्फत अभिनेता हमालले दिन खोजेको संदेश के हो ?

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ २०, सोमबार २२:१२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आठ वर्षपछि फिल्मको पर्दामा फर्किएका अभिनेता राजेश हमाल देश दौडाहामा छन् । यसअघि हमालले कुनै पनि फिल्मको प्रमोसन यसरी गरेको पाइदैनथ्यो । तर, यसपटक भने हमालले ‘नरसिंहाः अवतार’का लागि खुबै मिहिनेत गरेको देखियो । फिल्म रिलिज अगाडि मिडिया प्रमोशन होस् या चलिसकेपछि, हलमा पुगेर नै प्रमोशन किन नहोस्, हमाल उत्साहित देखिए ।

    राजेश हमाल हल–हलमा पुगेर प्रमोशन गरिरहँदा कतिपयले आलोचना समेत गरे । आखिर, ‘महानायकको ब्रान्ड’लाई पनि हलमा पुग्नु पर्यो भन्ने खालका टिप्पणी सुनिए । तर, हमाल यसलाई दर्शकहरुसँग प्रत्यक्ष भेट्ने मौकाको रुपमा हेर्छन् । राजेश हमालले काठमाडौंमा मात्र होइन, काठमाडौं बाहिरका हलमा पनि दर्शक भेट्न पुगे । उनी, पूर्वका सम्पूर्ण फिल्मी स्टेशन पुगे । यस्तै, पश्चिमका नेपालगञ्ज, भैरहवा, धनगढी लगायतका हलमा पुगेर हमालले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे ।

    उनै, हमाल भोलि मंगलबार पोखराका दर्शक भेट्न हलमा पुग्दैछन् । काठमाडौंका हलमा मात्र नभएर विभिन्न स्थानमा पनि पुगेर उनले फिल्मको प्रमोशन गरिरहेका छन् । हमालले ‘नरसिंहाः अवतार’लाई गम्भीर रुपमा लिएको देखिन्छ । यो फिल्मको प्रमोशनमा हमालले कही कतै पनि वडिगार्डको माग गरेका छैनन् । अहिलेका नयाँ पुस्ताका नायकहरु पत्रकार सम्मेलनमै वडिगार्डको माग गर्छन् । तर, हमालले भने देश दौडाहाका क्रममा प्रत्यक्ष दर्शकसँग कुराकानी गरे, फोटो खिचे ।

    हमाल आज पनि आफू फिल्म क्षेत्रमा उस्तै सक्रिय रहेको र आफ्नो प्रोजेक्ट सफल बनाउन लागिपर्ने सन्देश दिन सफल भएका छन् । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमालको साथमा राज कटुवाल, सनिषा भट्टराई, नीति शाह, प्रशान्त ताम्राकार, नीति शाह, टार्जन, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, उषा खड्गी, एभिलिना खड्का लगायतका कलाकारहरुको अभिनय छ ।

    फिल्मले एक सातामा २ करोड ४ लाख ग्रस कलेक्शन गरेको आँकडा निर्माणपक्षले सार्वजनिक गरेको थियो । नेम महर्जन, नरेन्द्र महर्जन, दिपक प्रसाद ढकाल र ध्रुव न्यौपाने यो फिल्मका निर्माता हुन् ।

    Post Views: 284
    • Kala Saili
    • Kala Saili News
    • Narsimha Avtaar
    • Rajesh Hamal
    प्रकाशित मिति: २०८२ जेष्ठ २०, सोमबार २२:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.