• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘परी’को शुभ मुहुर्त, जेठ अन्तिमदेखि छायांकन

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १७, शुक्रबार २२:५९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । निर्देशक गोविन्द गौतमको लेखन तथा निर्देशनमा निर्माण हुने फिल्म ‘परी’को शुभ मुहुर्त गरिएको छ । उक्त फिल्मको आज काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पुजाअर्चना गर्दै मुहुर्त गरिएको हो । मुहुर्तका कार्यक्रममा फिल्मका मुख्य कलाकार किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल लगायतको उपस्थिति रहेको थियो ।

    मुर्हुृत कार्यक्रममा किरण केसीले फिल्मको स्क्रिप्ट पक्ष एकदमै राम्रो लागेर काम गर्न लागेको बताए । ‘यो फिल्मको स्क्रिप्ट पक्ष त एकदमै राम्रो छ’, उनले भने, ‘साँच्चिकै भन्ने हो भने पनि दीपा र हामीले यतिको स्क्रिप्टमा मेहनत गरेका थिएनौँ । जति डिरेक्टर साप गौतमले गर्नु भएको छ ।’

    दीपाश्री निरौलाले सबैले स्क्रिप्ट पक्षमा मेहनत गर्ने बताईन् । उनले पनि फिल्मको कथा मन परेकै कारण फिल्ममा काम गर्न राजी भएको बताईन् । ‘हामीले मात्र होइन सबै पक्षले नै स्क्रिप्टमा मेहनत गर्यो भने फिल्म वाहु भन्ने बन्छ । फिल्म वाहु भएपछि दिनानु दिन निर्माताहरु थपिनु हुन्छ । र राम्रो राम्रो प्रोडक्ट पनि थपिन्छ । त्यसका लागि सबैले मेहनत गर्नुपर्छ,हामीले मात्र होइन । यो फिल्मको स्क्रिप्टमा निर्देशक गौतम साबले धेरै मेहनत गर्नुभएको छ।त्यसैले खेल्न राजी भए ।’

    यस फिल्ममा किरण,दीपा बाहेक प्रियंका कार्की, दिनेश डिसी, दिग विजय केसी, श्याम राई, घनश्याम गिरी, दीपक अधिकारी,रे णु दुलाल, संगम गौतम, जेशिका पोखरेल, निशा गौतम, अर्नव नागिलाको अभिनय रहने छ ।

    निर्देशक गौतमले यो फिल्मको छायांकन यहि जेठ अन्तिम साताबाट थाल्ने योजना रहेको बताए । दोलखा र तनहुँ आसपासमा छायांकनको तयारी थालिएको उनको भनाई छ । हामीले कल्पना गरेका परिको कथालाई नै आधार मानेर कथाले भन्नेछ ।

    बाबु श्रेष्ठको छायांकन रहने यस फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्ममा द्धन्द्ध रोशन श्रेष्ठ, संगीत दीपक शर्मा र विकास चौधरीको छ भने गायन डाक्टर खेम क्षेत्री, रचना रिमाल, डाक्टर महेन्द्र भट्टको छ । गीत आनन्द अधिकारीको छ । मेकअप सरोज पाण्डे, केश विन्यास, प्रिया कार्कीको रहने यस फिल्ममा प्रोजेक्ट म्यानेजर सुवास काफ्लेको छ ।

    Post Views: 309
    • Deepa Shree Niraula
    • Govinda Gautam
    • Kala Saili
    • Kala Saili News
    • Kiran Kc
    • Pari
    प्रकाशित मिति: २०८२ जेष्ठ १७, शुक्रबार २२:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.