• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

अभिनेता हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ को कस्तो छ व्यापार ?

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १७, शुक्रबार २१:५८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेता राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ आज शुक्रबारबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । निर्माण पक्षका अनुसार, फिल्मले पहिलो सातामा २ करोड ४ लाख ग्रस कलेक्सन गरेको छ । यद्यपि, सरकारको आधिकारिक बक्सअफिस तथ्यांकअनुसार पहिलो साताको ग्रस कलेक्सन १ करोड २२ लाख रुपैयाँ रहेको छ ।

    हमालको अनुबन्धले चर्चा बटुलेको यो फिल्मको प्रमोसनमा स्वयं उनले निकै मेहनत गरेका छन् । सामान्यतः प्रमोसनमा कम सक्रिय रहने हमालले ‘नरसिंहाः अवतार’का लागि रिलिजको सुरुवाती दिनदेखि नै काठमाडौं उपत्यकाका प्रमुख सिनेमा हलहरूमा दर्शकसँग भेटघाट गरे । हाल उनी दर्शक भेट्न देश दौडाहामा छन् । पूर्वी नेपालको यात्रा पूरा गरी पश्चिम नेपालमा पुगेका हमाललाई अभिनेता राज कटुवाल, अभिनेत्री सनिशा भट्टराई र वितरक छविराज ओझाले साथ दिइरहेका छन् ।

    काठमाडौँ वितरक करण श्रेष्ठका अनुसार, दोस्रो सातामा पनि दर्शकको उत्साह उत्तिकै छ । अधिकांश दर्शकले राजेश हमालको अभिनयलाई उत्कृष्ट मानेका छन् । दीवाकर भट्टराईद्वारा निर्देशित यो फिल्ममा हमालसँगै राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजीवजंग बस्नेत र रमेश चन्द सोडारीको अभिनय छ ।

    क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्मित यो फिल्मका निर्माता नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने हुन् । राजु विक्रम थापाको छायांकन र साहिल खानको सम्पादन रहेको ‘नरसिंहाः अवतार’ले दर्शकको मन जितिरहेको छ ।

    Post Views: 295
    • Diwakar Bhattarai
    • Kala Saili
    • Kala Saili News
    • Rjaesh Hamal
    प्रकाशित मिति: २०८२ जेष्ठ १७, शुक्रबार २१:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.