• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Mahabhoj saugat malla Dayahang Rai Rajesh Hamal Dinesh Raut Bipin Karki Jante Bakhro Aaryan Sigdel

सहकारी पिडितले हेरे ‘महाभोज’

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १५, बुधबार १०:५९ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । जेठ १५ बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘महाभोज’ को विशेष प्रिभ्यु प्रदर्शन मङ्गलवार साँझ काठमाडौँमा सम्पन्न भएको छ । फिल्म रिलिजको अघिल्लो दिन आयोजित यो विशेष शोमा पत्रकार, फिल्म युनिट र देशभरका सहकारी पीडितहरूबाट छनोट गरिएका ६० जना प्रतिनिधिहरूको सहभागिता थियो ।

    प्रदर्शन अवधिभर हलमा सघन भावनात्मक माहोल देखिएको थियो । सहकारी पीडितहरूले फिल्मले उनीहरूकै जीवनको यथार्थ प्रतिबिम्ब झल्काएको अनुभव सुनाउँदै यसको विषयवस्तुले आफूहरूलाई न्यायका लागि अझ सशक्त र प्रेरित बनाएको बताए । फिल्म प्रदर्शनपछि उनीहरूले सञ्चारकर्मीहरूसामु नाराबाजीसहित उत्साह व्यक्त गर्दै भने,‘राज्यले नसुनेको पीडितको आवाज ‘महाभोज’ ले पर्दाबाट बोलेको छ ।’

    यस्तै, उनीहरूले निर्देशक दिनेश राउत, निर्माता हिमाल कडरिया, लेखक विकास सुवेदी तथा सम्पूर्ण कलाकारप्रति आभार व्यक्त गर्दै फिल्मलाई देश-विदेशमा बस्ने सम्पूर्ण नेपालीले हेरेर सफल बनाउनुपर्ने धारणा राखे । उनीहरूको भनाइमा ‘महाभोज’ मनोरञ्जनको माध्यम मात्र नभएर आन्दोलनको स्वर पनि बनेको छ, जसले राज्य संयन्त्रमाथि नै गहिरो प्रश्न उठाएको छ ।

    प्रदर्शनपछि पत्रकारहरूबाट पनि फिल्मको विषयवस्तु र प्रस्तुतिलाई लिएर सकारात्मक प्रतिक्रिया आएको छ । सामाजिक यथार्थलाई कलात्मक ढङ्गले चित्रण गर्न सकिएको भन्दै फिल्मको प्रशंसा गरिएको छ । पत्रकारहरूले यसका निर्देशक राउतको निर्देशकीय क्षमताको व्यापक प्रशंसा गरेका छन् । ‘महाभोज’ केवल फिल्म मात्र नभई, एक सशक्त सामाजिक दस्ताबेज पनि रहेको उनीहरूले प्रतिक्रिया दिए ।

    यसैबीच, देशभरका प्रमुख मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन हलहरूले ‘महाभोज’ को अग्रिम बुकिङ खुला गरिसकेका छन् । वितरकहरूका अनुसार यो फिल्म करिब २ सय शोसहित नेपालभर प्रदर्शन हुँदैछ ।

    दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय रहेको ‘महाभोज’ सहकारी संस्थासम्बन्धी एउटा गम्भीर सामाजिक विषयमा आधारित छ । फिल्मले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने अवस्थालाई मर्मस्पर्शी ढङ्गले चित्रण गरेको छ ।

    पीडितहरूको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेल फिल्मको मूल कथा बन्छ । साथै, यस फिल्मले हास्यपरक रूपमा पात्रहरूलाई पनि प्रयोग गरी फिल्मलाई मनोरञ्जक समेत बनाइएको छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यो फिल्मले नेपालसँगै विदेशका केही मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारी गरेको छ ।

    Post Views: 94
    • Kala Saili
    • Kala Saili News
    • Mahabhoj
    प्रकाशित मिति: २०८२ जेष्ठ १५, बुधबार १०:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘लालीबजार’ मा गर्भवती स्वास्तिमा
    सलमानले खोले ‘तेरे नाम’ हेयरस्टाइलको रहस्य
    प्रधानमन्त्री ओलीले दिए दुर्गेशलाई बधाई
    ताजा अपडेट
    • १. ‘लालीबजार’ मा गर्भवती स्वास्तिमा

    • २. सलमानले खोले ‘तेरे नाम’ हेयरस्टाइलको रहस्य

    • ३. प्रधानमन्त्री ओलीले दिए दुर्गेशलाई बधाई

    • ४. संसदीय प्रक्रियामा ‘चलचित्र विधेयक २०८१’

    • ५. रास्वपा कार्यालय पुगेर विपिनले हस्ताक्षर

    चर्चित
    • १. कहाँ चुक्यो महाभोज ? निर्माणमा कि प्रदर्शनमा ?

    • २. बोकाको पैसा पनि उठाएन ‘हेल्लो काँशीराम’ ले

    • ३. ‘राम नाम सत्य’मा जोडिए सुनिल

    • ४. संसदीय प्रक्रियामा ‘चलचित्र विधेयक २०८१’

    • ५. मङ्सिर १२ मा ‘हर्ष’

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.