• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

तस्बिरमा यस्तो देखियो आर्यन र खगेन्द्रको ‘ब्रदरहुड’

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १३, सोमबार २३:५४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अभिनेता आर्यन सिग्देल र अभिनेता खगेन्द्र लामिछाने लामोसमयदेखि आफ्नो कला र प्रतिभाले दर्शकको मन जित्दै आएका छन् । खगेन्द्र अभिनयसँगै लेखन, निर्माण र निर्देशनमा पनि सक्रिय छन् भने आर्यनले पनि फिल्म निर्माणमा हात हालेका छन् । यी दुईले गत वर्ष (वि.सं. २०८१) मा पहिलोपटक फिल्म ‘के घर के डेरा घर नम्बर २’ मा सहकार्य गरे, जुन प्रदर्शन भइसकेको छ । उनीहरूको अर्को सहकार्य ‘महाभोज’ आगामी जेठ १५ मा प्रदर्शनको तयारीमा छ ।

    आर्यन र खगेन्द्रको फरक फिल्म शैलीका कारण उनीहरूको सहकार्यप्रति दर्शक र सञ्चारकर्मीमा कौतुहलता थियो । पर्दामा मात्र होइन, पर्दाबाहिर यी दुईको सम्बन्ध कस्तो होला भन्ने जिज्ञासा पनि उत्तिकै थियो । तर, फिल्मका प्रचारप्रसारका लागि आयोजित पत्रकार सम्मेलनमा यी दुईले आफ्नो ‘ब्रदरहुड’ लाई स्पष्ट रूपमा प्रस्तुत गरे । एकअर्कालाई ‘दादा’ भन्दै जिस्कने शैली र खुला संवादले उनीहरूको आत्मीय सम्बन्ध झल्किन्थ्यो ।

    ‘हामीले सँगै काम गरेका थिएनौँ, तर काम गरेपछि हाम्रो सोच निकै मिल्दो रहेछ । अहिले हामी नियमित संवादमा छौँ र व्यक्तिगत कुरा पनि सेयर गर्छौँ’, खगेन्द्रले भने । आर्यनले पनि खगेन्द्रसँगको मित्रताले फिल्मबाहेक अन्य विषयमा पनि कुराकानी गर्न रमाइलो लाग्ने बताए । यो ‘ब्रदरहुड’ लाई कलाशैलीकर्मी कुवेर डंगोलले आफ्नो क्यामेराको लेन्समार्फत कैद गरेका छन् । पर्दाभित्र र बाहिरको यो मित्रताले दर्शकलाई थप उत्साहित बनाएको छ ।

    Post Views: 434
    • Aaryan Sigdel
    • Kala Saili
    • Kala Saili News
    • Khagendra Lamichhane
    • Mahabhoj
    प्रकाशित मिति: २०८२ जेष्ठ १३, सोमबार २३:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.