• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

कस्तो छ ‘जन्ते बाख्रो’ ?

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १३, सोमबार २२:५९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । सन्तोष गौतमको लगानीमा निर्मित फिल्म ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको ३ मिनेट ५२ सेकेन्ड लामो ट्रेलरमा प्रेमकथा र हास्यको आकर्षक मिश्रण देख्न सकिन्छ ।

    सिमोस सुनुवारद्वारा निर्देशित यो फिल्मको ट्रेलरले दर्शकहरूमा कौतुहलता जगाउन सफल भएको छ । नेपाली समाजमा दुलही भित्र्याउने दिन खुवाइने भोजलाई ‘जन्ते बाख्रो’ भन्ने प्रचलन छ र ट्रेलरले यो कथालाई आधार बनाएर फिल्म निर्माण भएको संकेत गर्छ । आगामी जेठ २३ गतेबाट यो फिल्म नेपालसहित विदेशमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ ।

    मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको ‘जन्ते बाख्रो’ सामाजिक हास्य कथावस्तुमा आधारित छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका छन् । फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम र कुशल गजमेरलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

    फिल्ममा हरि हुँमागाईंको डिओपी, उत्तम हुँमागाईंको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने यो फिल्मको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।

    जेठ २३ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुने यो फिल्मले नेपाली दर्शकहरूलाई हँसाउने र भावुक बनाउने दुवै उद्देश्य राखेको छ । ट्रेलरको सकारात्मक प्रतिक्रियाले फिल्मप्रति दर्शकको उत्साह र अपेक्षा बढाएको छ ।

    Post Views: 341
    • Asif Shah
    • Garima Sharma
    • Jante Bakhro
    • Kala Saili
    • Kala Saili News
    • Lokendra Lekhak
    • Simosh Sunuwar
    प्रकाशित मिति: २०८२ जेष्ठ १३, सोमबार २२:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.