कलाशैली संवाददाता । नेपाली फिल्म उद्योगको प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजार विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०८१ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । बेलायतको लण्डनस्थित ग्रिनफोर्ड हलमा आगामी भदौ २८ गते (सेप्टेम्बर १३, २०२५) मा भव्य समारोहका साथ आयोजना हुने यो अवार्ड इन्फा इभेन्ट्स युके लि.र इन्फा नेपाल लि. को संयुक्त आयोजनामा सम्पन्न हुनेछ ।
जुरी संयोजक गौरी मल्ल र सदस्यहरू रमेश बुढाथोकी तथा करुण थापाले २०२४ को असार १४ (जुन २८) पछि प्रदर्शनमा आएका फिल्महरूबाट १७ विधामा उत्कृष्ट पाँचको मनोनयन छनोट गरेका छन् । अवार्ड संयोजक मनिष कार्कीले लाइफटाइम अचिभमेन्ट अवार्ड, जुरी अवार्ड, पपुलर अवार्ड, पर्फमर अफ दि इयर र पब्लिक च्वाइस अवार्डसहित कुल २२ विधामा अवार्ड प्रदान गरिने जानकारी दिए । उनले इन्फा अवार्ड २०८१ लाई निष्पक्ष र प्रतिष्ठित बनाउन आयोजक प्रतिबद्ध रहेको बताए ।
गत वर्ष भदौ २८ मा लण्डनमा सम्पन्न इन्फा अवार्डको दोस्रो संस्करणको निरन्तरतामा यो वर्ष पनि नेपालका चर्चित कलाकारहरूको उपस्थितिमा भव्य समारोह हुने आयोजकले जनाएको छ । युके कमिटीमा उमेश मोक्तान, टङ्क भट्टराई, राज पाण्डे र आशिष पन्त छन् भने नेपालतर्फ सुनिल श्रेष्ठ, मनोज केसी, पाल्देन लामा र मनिष कार्की रहेका छन् ।
उत्कृष्ट पाँच मनोनयनको सूची:
१. उत्कृष्ट फिल्म
अञ्जिला – मुन लभ इन्टरटेन्मेन्ट प्रा.लि.
छक्का पञ्जा ५ – आमा सरस्वती मुभिज
कार्साङ – यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्स
पूर्ण बहादुरको सारङ्गी – सेभेन सिज सिनेमा
तेल भिसा – वेल डन क्रियसन
२. उत्कृष्ट निर्देशक
मिलन चाम्स – अञ्जिला
दीपाश्री निरौला – छक्का पञ्जा ५
यम शेर्पा – कार्साङ
सरोज पौडेल – पूर्ण बहादुरको सारङ्गी
शङ्कर घिमिरे – तेल भिसा
३. उत्कृष्ट अभिनेता
दयाहाङ राई – कार्साङ
दीपकराज गिरी – छक्का पञ्जा ५
जीतु नेपाल – ज्वाइँ साब
प्रदीप खड्का – पिताम्बर
विजय बराल – पूर्ण बहादुरको सारङ्गी
४. उत्कृष्ट अभिनेत्री
स्वस्तिमा खड्का – बेहुली फ्रम मेघौली
वर्षा सिवाकोटी – छक्का पञ्जा ५
नीता ढुङ्गाना – ह्रस्व दीर्घ
उपासना सिंह ठकुरी – खुस्मा
मलिका महत – सतिदेवी
५. उत्कृष्ट पटकथा
प्रदीप भारद्वाज, यम थापा र गिरिराज घिमिरे – अञ्जिला
दीपकराज गिरी – छक्का पञ्जा ५
यम शेर्पा – कार्साङ
विवेक महर्जन र दीर्घ धामी – आउटल: दफा २१९
महेश दवाडी – पूर्ण बहादुरको सारङ्गी
६. उत्कृष्ट सम्पादक
मिलन श्रेष्ठ – अञ्जिला
विपिन मल्ल – छक्का पञ्जा ५
साहिल खान – आउटल: दफा २१९
बन्दे प्रसाद – पिताम्बर
सुरेन्द्र पौडेल – पूर्ण बहादुरको सारङ्गी
७. उत्कृष्ट छायाँकार
नरेन्द्र मैनाली – एक्टर टेक १
हरि हुमागाईं – छक्का पञ्जा ५
पुरुषोत्तम प्रधान – कार्साङ
दीपक बज्राचार्य – खुस्मा
पुरुषोत्तम प्रधान – पिताम्बर
८. उत्कृष्ट खलनायक
दिव्य देव – एक्टर टेक वान
प्रमोद अग्रहरि – पिताम्बर
सुमन भण्डारी – आउटल: दफा २१९
कविराज भाम – द्रौपदी
नाजिर हुसेन – देवी
९. उत्कृष्ट सह-अभिनेता
केदार घिमिरे – छक्का पञ्जा ५
कामेश्वर चौरासिया – रेशम फिलिली
जीतु नेपाल – कार्साङ
सौगात मल्ल – पिताम्बर
मुकुन भुसाल – पूर्ण बहादुरको सारङ्गी
१०. उत्कृष्ट सह-अभिनेत्री
सृजना सुब्बा – अञ्जिला
दिया मास्के – कार्साङ
सुरक्षा पन्त – पिताम्बर
सीता तिमल्सिना घिमिरे – सानो संसार
ऋचा घिमिरे – तेल भिसा
११. उत्कृष्ट नव-अभिनेता
प्रिन्स थापा – एक्टर
विवेक कर्माचार्य – वर एण्ड वधु
रवि ओड – द्रौपदी
पारस बम ठकुरी – होस्टेल ३
उत्पल झा – सारङ
१२. उत्कृष्ट नव-अभिनेत्री
दिव्या रायमाझी – एक्टर टेक वान
अञ्जिला तुम्बापो सुब्बा – अञ्जिला
सिम्रन खड्का – बेहुली फ्रम मेघौली
सृजना निङलेखु – कार्साङ
शिक्षा संग्रौला – आउटल: दफा २१९
१३. उत्कृष्ट द्वन्द्व निर्देशक
राजु तामाङ – ह्रस्व दीर्घ
चुल्ठे काजी – आउटल: दफा २१९
हिमाल केसी – पिताम्बर
श्री श्रेष्ठ – रावायण
सम्राट बस्नेत – ताण्डवम्
१४. उत्कृष्ट नृत्य निर्देशक
सुनिल क्षेत्री र गम्भीर बिष्ट – छक्का पञ्जा ५
प्रदीप लामा – फेरि रेशम फिलिली
सुष्मा सुनाम – ह्रस्व दीर्घ (उठेर नाचिस्यो)
गम्भीर बिष्ट – ज्वाइँ साब (कसम बत्तीको)
सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगर – खुस्मा (रुकुम मैकोट)
कविराज गहतराज – पिताम्बर (म त फ्यान भएँ यार)
१५. उत्कृष्ट पाश्र्व गायक
प्रताप दास – तिमीसँग (वर एण्ड वधु)
विकास लिम्बु – तिमीले माया नमारे (ह्रस्व दीर्घ)
एसडी योगी – रुकुम मैकोट (खुस्मा)
सुरज पण्डित – च्यातिएको चोली (लाज शरणम्)
आशिष अविरल – रैया चाँदीको (पूर्ण बहादुरको सारङ्गी)
१६. उत्कृष्ट पाश्र्व गायिका
शान्ती श्री परियार – रुकुम मैकोट (खुस्मा)
अन्जु पन्त – तिमीसँग (वर एण्ड वधु)
अस्मिता अधिकारी – यो माया बनाउने को हो (छक्का पञ्जा ५)
मेलिना राई – रैया चाँदीको (पूर्ण बहादुरको सारङ्गी)
इन्द्रकला राई – उडायो मन (बेहुली फ्रम मेघौली)
१७. उत्कृष्ट सङ्गीतकार
थानेश्वर गौतम – रात किन हुन्छ हजुर (अञ्जिला)
अर्जुन पोखरेल – तिमीसँग (वर एण्ड वधु)
एसडी योगी – रुकुम मैकोट (खुस्मा)
बसन्त उदास – च्यातिएको चोली (लाज शरणम्)
आशिष अविरल – रैया चाँदीको (पूर्ण बहादुरको सारङ्गी)





