• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘महाभोज हेरेपछि चुप लागेर बस्नु हुँदैन, न्यायका लागि बोल्नुपर्छ भन्ने लाग्न सक्छ’

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १२, आईतवार २३:११ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । सामाजिक यथार्थलाई पर्दामा उतार्न माहिर निर्देशक दिनेश राउतको नयाँ फिल्म ‘महाभोज’ जेठ १५ गतेदेखि प्रदर्शनमा आउँदैछ । ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता सामाजिक कथामा आधारित फिल्मबाट चर्चा कमाएका राउतको यो मल्टिस्टारर फिल्मले सहकारी ठगीको गम्भीर मुद्दालाई उजागर गर्ने लक्ष्य राखेको छ । सहकारीमा सर्वसाधारणको बचतमाथि सञ्चालक र पहुँचवालाहरूको दबदबा र त्यसले निम्त्याएको अन्यायको कथालाई यो फिल्मले प्रस्तुत गर्नेछ ।

    निर्देशक राउतका अनुसार, ‘महाभोज’ केवल एउटा कथा होइन, यो समाजको ऐना हो । फिल्मले सहकारी ठगीको वर्षौंदेखिको समस्यालाई गहिरो अध्ययनपछि पर्दामा ल्याएको छ । यो कुनै एक व्यक्तिमा केन्द्रित नभई सिंगो संरचना र प्रवृत्तिको कमजोरीमाथि प्रश्न उठाउँछ ।

    ‘हामीले अहिलेको एउटा समस्यालाई फिल्ममा उठान गरेका छौँ । पिडितको कुराहरू, न्युजलाई आधार मानेर फिल्मको कथा तयार गरिएको छ । फेरी पुरै फिल्म सहकारीमै मात्र होइन, यो एउटा कारक मात्र हो’, निर्देशक राउतले भने ।

    उनले सत्ता र सहकारीको मिलेमतोले निम्त्याएको अन्याय र मौनताको पर्दाफास यो फिल्मले गर्ने बताए । ‘यो लाखौँ पीडितको कथालाई प्रतिनिधित्व गर्ने प्रयास हो’, निर्देशक राउतले बताए । फिल्ममा दयाहाङ राईको बहुआयामिक भूमिका छ, जुन न पूर्ण नायक न पूर्ण खलनायकको रूपमा प्रस्तुत गरिएको छ । निर्देशक् राउतले कथाले दर्शकलाई आफैँ मूल्यांकन गर्ने ठाउँ दिने बताए ।

    फिल्ममा धेरै स्टार कलाकारहरूको उपस्थितिलाई लिएर राउतले भने,‘कथाको मागअनुसार पात्रहरू छन् र तिनलाई जीवन्त बनाउन उपयुक्त कलाकार छनोट गरिएको हो । फिल्म चलाउनकै लागि मात्र कलाकार राखिएको भन्ने होइन । यद्यपि, उहाँहरूको कारणले सुरुआती व्यापार हुन्छ भन्नेमा दुइमत छैन ।’

    उनले फिल्म हेरेपछि दर्शकलाई अब चुप लागेर बस्नु हुँदैन, न्यायका लागि बोल्नुपर्छ भन्ने भावना विकास हुने बताए । ‘महाभोज’ ले समाजका गहिरा प्रश्नहरूलाई पर्दामा उतार्ने प्रयास गरेको छ । फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, र मोहन निरौलाको प्रमुख भूमिका छ । क्लकवर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको यो फिल्म हिमाल कडरिया निर्माता र विकास सुवेदी लेखक हुन् ।

    Post Views: 264
    • Dinesh Raut
    • Kala Saili
    • Kala Saili News
    • Mahabhoj
    प्रकाशित मिति: २०८२ जेष्ठ १२, आईतवार २३:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.