• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Mahabhoj Dayahang Rai saugat malla Rajesh Hamal Dinesh Raut Bipin Karki Miruna Magar Jante Bakhro

‘महाभोज हेरेपछि चुप लागेर बस्नु हुँदैन, न्यायका लागि बोल्नुपर्छ भन्ने लाग्न सक्छ’

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १२, आईतवार २३:११ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । सामाजिक यथार्थलाई पर्दामा उतार्न माहिर निर्देशक दिनेश राउतको नयाँ फिल्म ‘महाभोज’ जेठ १५ गतेदेखि प्रदर्शनमा आउँदैछ । ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता सामाजिक कथामा आधारित फिल्मबाट चर्चा कमाएका राउतको यो मल्टिस्टारर फिल्मले सहकारी ठगीको गम्भीर मुद्दालाई उजागर गर्ने लक्ष्य राखेको छ । सहकारीमा सर्वसाधारणको बचतमाथि सञ्चालक र पहुँचवालाहरूको दबदबा र त्यसले निम्त्याएको अन्यायको कथालाई यो फिल्मले प्रस्तुत गर्नेछ ।

    निर्देशक राउतका अनुसार, ‘महाभोज’ केवल एउटा कथा होइन, यो समाजको ऐना हो । फिल्मले सहकारी ठगीको वर्षौंदेखिको समस्यालाई गहिरो अध्ययनपछि पर्दामा ल्याएको छ । यो कुनै एक व्यक्तिमा केन्द्रित नभई सिंगो संरचना र प्रवृत्तिको कमजोरीमाथि प्रश्न उठाउँछ ।

    ‘हामीले अहिलेको एउटा समस्यालाई फिल्ममा उठान गरेका छौँ । पिडितको कुराहरू, न्युजलाई आधार मानेर फिल्मको कथा तयार गरिएको छ । फेरी पुरै फिल्म सहकारीमै मात्र होइन, यो एउटा कारक मात्र हो’, निर्देशक राउतले भने ।

    उनले सत्ता र सहकारीको मिलेमतोले निम्त्याएको अन्याय र मौनताको पर्दाफास यो फिल्मले गर्ने बताए । ‘यो लाखौँ पीडितको कथालाई प्रतिनिधित्व गर्ने प्रयास हो’, निर्देशक राउतले बताए । फिल्ममा दयाहाङ राईको बहुआयामिक भूमिका छ, जुन न पूर्ण नायक न पूर्ण खलनायकको रूपमा प्रस्तुत गरिएको छ । निर्देशक् राउतले कथाले दर्शकलाई आफैँ मूल्यांकन गर्ने ठाउँ दिने बताए ।

    फिल्ममा धेरै स्टार कलाकारहरूको उपस्थितिलाई लिएर राउतले भने,‘कथाको मागअनुसार पात्रहरू छन् र तिनलाई जीवन्त बनाउन उपयुक्त कलाकार छनोट गरिएको हो । फिल्म चलाउनकै लागि मात्र कलाकार राखिएको भन्ने होइन । यद्यपि, उहाँहरूको कारणले सुरुआती व्यापार हुन्छ भन्नेमा दुइमत छैन ।’

    उनले फिल्म हेरेपछि दर्शकलाई अब चुप लागेर बस्नु हुँदैन, न्यायका लागि बोल्नुपर्छ भन्ने भावना विकास हुने बताए । ‘महाभोज’ ले समाजका गहिरा प्रश्नहरूलाई पर्दामा उतार्ने प्रयास गरेको छ । फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, र मोहन निरौलाको प्रमुख भूमिका छ । क्लकवर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको यो फिल्म हिमाल कडरिया निर्माता र विकास सुवेदी लेखक हुन् ।

    Post Views: 126
    • Dinesh Raut
    • Kala Saili
    • Kala Saili News
    • Mahabhoj
    प्रकाशित मिति: २०८२ जेष्ठ १२, आईतवार २३:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कहाँ चुक्यो महाभोज ? निर्माणमा कि प्रदर्शनमा ?
    बोकाको पैसा पनि उठाएन ‘हेल्लो काँशीराम’ ले
    ‘शुभ विवाह’ गर्दै प्रदीप
    ताजा अपडेट
    • १. कहाँ चुक्यो महाभोज ? निर्माणमा कि प्रदर्शनमा ?

    • २. बोकाको पैसा पनि उठाएन ‘हेल्लो काँशीराम’ ले

    • ३. ‘शुभ विवाह’ गर्दै प्रदीप

    • ४. ‘कमेडी दरबार’को अमेरिका टुर रद्द: ‘व्यावसायिक धर्म प्रतिकूल आचरण’को आरोप

    • ५. ‘काठमाडौं फेसन वीक’ को व्यवस्थापन अब नेक्स्ट मोडल्स नेपालले गर्ने

    चर्चित
    • १. कहाँ चुक्यो महाभोज ? निर्माणमा कि प्रदर्शनमा ?

    • २. बोकाको पैसा पनि उठाएन ‘हेल्लो काँशीराम’ ले

    • ३. ‘कमेडी दरबार’को अमेरिका टुर रद्द: ‘व्यावसायिक धर्म प्रतिकूल आचरण’को आरोप

    • ४. ‘शुभ विवाह’ गर्दै प्रदीप

    • ५. सलिब्रेटीलाई मन पर्यो ‘महाभोज’

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.