• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

नुवाकोटमा सुरु भयो ‘शिवालय सिनेप्लेक्स’

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १२, आईतवार २२:५९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । फिल्मप्रेमी दर्शकहरूको सुविधाका लागि विदुर नगरपालिका–४, बट्टारमा निर्माण गरिएको आधुनिक सुविधासम्पन्न ‘शिवालय सिनेप्लेक्स’ को औपचारिक उद्घाटन सम्पन्न भएको छ। विभिन्न कारणले बन्द भएका सिनेमा हलहरूलाई मर्मत गरी पुन: सञ्चालनमा ल्याउन चलचित्र विकास बोर्डले सुरू गरेको कार्यक्रमअन्तर्गत नुवाकोटको बट्टारमा निर्माण भएको यो हलको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबाट सम्पन्न भएको हो ।

    २ सय ४० सीट क्षमताको उक्त हल स्थानीय युवा उद्यमीहरू सन्तोष सरगम अधिकारी (विदुर–१२, चारघरे) र पासाङ लामा गोपाल (विदुर–४, बट्टार) को संयुक्त लगानी र पहलमा सञ्चालनमा आएको हो ।

    कार्यक्रममा विशेष अतिथिको रूपमा विदुर नगरपालिकाका पूर्व नगरप्रमुख सञ्जु पण्डित, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष बुद्धिबहादुर प्रधान, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल चलचित्र संघका उपाध्यक्ष गोपाल कायस्थ लगायत चलचित्रकर्मी, व्यवसायी, सञ्चारकर्मी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    उक्त सिनेप्लेक्समा अत्याधुनिक डिजिटल प्रोजेक्सन प्रणाली, उच्च स्तरीय ध्वनि, वातानुकूलित हल, आरामदायी सिटहरू तथा अनलाइन बुकिङ सुविधा उपलब्ध छन् । प्रत्येक शनिबार चार शो र अन्य दिनहरूमा तीन शो प्रदर्शन गरिने जानकारी सञ्चालकहरूले दिएका छन् ।

    Post Views: 371
    • Dinesh Dc
    • Kala Saili
    • Kala Saili News
    • Shivalay Cineplex
    प्रकाशित मिति: २०८२ जेष्ठ १२, आईतवार २२:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.