• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

पूर्वका सहरमा ‘जन्ते बाख्रो’

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १२, आईतवार १५:२१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आगामी जेठ २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘जन्ते बाख्रो’को निर्माण पक्षले प्रचार अभियानलाई तीव्र बनाएको छ । फिल्मको प्रचार नेपालको पूर्वी क्षेत्रबाट सुरु भएको छ । निर्माता गौतमका अनुसार पूर्वी नेपालदेखि पश्चिमसम्मका विभिन्न जिल्लाहरूमा प्रचार सामग्रीहरू व्यापक रूपमा प्रदर्शन गरिएको छ ।

    ‘हामीले उत्कृष्ट फिल्म निर्माण गरेका छौं र यसको जानकारी दर्शकमाझ पुर्‍याउन निरन्तर प्रयासरत छौं । झापाका मुख्य शहरहरूमा फिल्मका पोस्टर र प्रचार सामग्री राखिसकेका छौं । हाम्रो लक्ष्य देशभर ‘जन्ते बाख्रो’मय वातावरण सिर्जना गर्नु हो’, उनले भने ।

    फिल्मको प्रचारका क्रममा सार्वजनिक ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’ र ‘मुकु मुकु म्या’ गीतहरूले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन् । फिल्मको ट्रेलर सोमबारदेखि इन्टरनेटमा उपलब्ध हुनेछ, जुन डिजिटल पार्टनर जी टु वान डिजिटलमार्फत हेर्न सकिनेछ ।

    सिमोस सुनुवारको निर्देशनमा बनेको यो फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी, रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतका कलाकारको अभिनय छ ।

    मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक सुनुवारका अनुसार फिल्मको कथा विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा ‘जन्ते बाख्रो’ खुवाउने परम्परामा आधारित सामाजिक कमेडी कथावस्तुमा केन्द्रित छ ।

    फिल्ममा हरि हुमागाईंको डिओपी, उत्तम हुमागाईंको छायांकन र सुनिल शिवभक्तिको सम्पादन छ । टिफल्क फिल्मस्ले वितरण गर्ने यो फिल्मको डिजिटल अधिकार जी टु वान डिजिटलले खरिद गरेको छ । निर्माण पक्षका अनुसार फिल्म जेठ २३ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउनेछ ।

    Post Views: 418
    • Asif Shah
    • Garima Sharma
    • Jante Bakhro
    • Kala Saili
    • Kala Saili News
    • saugat malla
    • Simosh Sunuwar
    प्रकाशित मिति: २०८२ जेष्ठ १२, आईतवार १५:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.