• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

दर्शक भेट्न अष्टनारायण हल पुगे हमाल

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १२, आईतवार १४:५६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । गत जेठ ९ गतेदेखि प्रदर्शनमा आएको अभिनेता राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ ले देशव्यापी रूपमा उत्साहजनक सुरुवात गरेको छ। आठ वर्षपछिको पुनरागमन फिल्म भएकाले दर्शकको प्रतीक्षा र उत्साह बक्स अफिसमा स्पष्ट देखिएको छ ।

    वितरक करण श्रेष्ठका अनुसार, फिल्मले प्रदर्शनको पहिलो दुई दिन शुक्रबार र शनिबार उत्कृष्ट प्रदर्शन गरेको छ । शुक्रबार बिहानका शोमा ४० प्रतिशत अकुपेन्सी रहे पनि दिउँसो र साँझका शोमा ८० प्रतिशतसम्म दर्शक उपस्थिति थियो । शनिबार भने बिहानदेखि नै दर्शकको उत्साहजनक साथ प्राप्त भएको छ ।

    शनिबार काठमाडौँ उपत्यकादेखि मोफसलका हलहरूमा पनि अभिनेता हमालको क्रेज स्पष्ट देखियो । वितरक श्रेष्ठका अनुसार, दर्शकको भीडसँगै फिल्मको कथावस्तु, एक्सन र अभिनयले सकारात्मक प्रतिक्रिया पाएको छ । अभिनेता हमालसँगै राज कटुवाल, र सनिशा भट्टराईलगायतका कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् ।

    यसै क्रममा, शनिबार अभिनेता हमाल करिब एक दशकपछि देशकै सबैभन्दा ठूलो सिट क्षमता भएको अष्टनारायण हल पुगे । हलमा एक हजारभन्दा बढी दर्शकले फिल्म हेर्दै गर्दा उनको आगमनमा ताली र सिटीसहित भव्य स्वागत भयो । हमालले दर्शकसँग फिल्मबारे प्रतिक्रिया लिए र सेल्फी खिच्दा उत्साहपूर्ण वातावरण सिर्जना भयो ।

    अष्टनारायण हल पुग्दा हमाल उत्साहित देखिन्थे। उनले हलको स्टेजमा पुगेर फिल्मको गीत ‘अच्छा तर लण्डनको चिसोले समाउला’ मा नृत्य गरे । हलबाट फर्कने क्रममा मिडियासँग कुरा गर्दै उनले १० वर्षपछि सिंगल स्क्रिन हलमा दर्शकमाझ पुग्दा पुराना सम्झनाहरू ताजा भएको बताए ।

    क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्मित यो फिल्ममा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन, र ध्रुव न्यौपानेको लगानी छ । फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजीवजंग बस्नेत, रमेश चन्द सोडारी, र दीपा शाहीलगायतका कलाकारको अभिनय छ । राजु विक्रम थापाको छायांकन र साहिल खानको सम्पादन रहेको यो फिल्मले नेपाली बक्स अफिसमा सुखद सुरुवात गरेको छ ।

    Post Views: 375
    • Kala Saili
    • Kala Saili News
    • Narsimha Avtaar
    • Rajesh Hamal
    प्रकाशित मिति: २०८२ जेष्ठ १२, आईतवार १४:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.