• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

किम्फको २२औं संस्करण जेठ १४ देखि १८ सम्म हुँदै

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ११, शनिबार २१:४७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २२औं संस्करण जेठ १४ देखि १८ सम्म आयोजना हुने भएको छ । यस पटक महोत्सवमा ‘खण्डित आवाज, जोडिँदै कथाहरू’ नाराअन्तर्गत ३० देशका ६५ भन्दा बढी फिल्म किम्फमा प्रदर्शन हुनेछन् ।

    किम्फले अन्तर्राष्ट्रिय छनोटमा संसारभर प्रशंसा बटुल्न सफल भएका फिल्महरू नेपाली दर्शकका लागि ल्याएको छ । सँगसँगै स्वदेशी प्रतिभाले बनाएका फिल्महरू पनि प्रदर्शनका लागि छनोटमा परेका छन्, जसले समकालीन नेपालको कथा देखाउँछन् । ‘यसपालिको फिल्म र कार्यक्रमहरूमार्फत नेपाली दर्शकहरूलाई मनोरञ्जन गराउनुका साथै नेपाली समाजलाई असर पार्ने विषयहरूमा संवाद सुरु होस् भन्ने हाम्रो उद्देश्य रहेको छ,’ किम्फ फाउन्डेसनकी अध्यक्ष रम्यता लिम्बूले भनिन् ।

    नेपालमा पहिलो पटक प्रदर्शन हुन लागेको ‘बिट्विन द माउन्टेन एन्ड द स्काई’ नामक डकुमेन्ट्रीको प्रदर्शनीसँगै किम्फ सुरु हुनेछ । जेरेमी पावर रेगिम्बलद्वारा निर्देशित यस डकुमेन्ट्री फिल्मले सिएनएन हिरो जितेकी समाजसेवी म्यागी डोएनको व्यक्तिगत जीवनलाई नजिकबाट देखाउँछ ।

    नेपाल–चीन मित्रताको ७०औं वार्षिकोत्सवका उपलक्ष्यमा किम्फले सिजाङ प्यानोरमामा फिल्महरू प्रदर्शन गर्दै छ, जसले नेपाल र चीनको भाषिक र सांस्कृतिक भिन्नता भए पनि दुई देशबिचको समानता झल्काउनेछ । यसपालिको संस्करणमा निर्णायक मण्डलका रूपमा नेपाली फिल्म निर्देशक नवीन सुब्बा (नेपाल), मार्टिन हेसेनोह्रल (अस्ट्रिया), यिकीं चेन (चीन) सँगसँगै पत्रकारिता र सञ्चार प्राध्यापक छुन झान र फिल्म प्रोग्रामर जिना ली (दक्षिण कोरिया) रहनेछन् ।

    निर्णायक मण्डलले अन्तर्राष्ट्रिय श्रेणीमा रहेका उत्कृष्ट आख्यान (चार छनोट), उत्कृष्ट डकुुमेन्ट्री (१४ छनोट), उत्कृष्ट छोटो आख्यान (११ छनोट) र उत्कृष्ट सर्ट फिल्म (१३ छनोट) रोज्नेछ । त्यस्तै नेपाली फिल्ममध्ये उत्कृष्ट डकुमेन्ट्री (६ छनोट) र उत्कृष्ट आख्यान (११ छनोट) चयन गर्ने जिम्मेवारी पनि निर्णायक मण्डलले लिनेछ ।

    अन्तर्राष्ट्रिय श्रेणीमा उत्कृष्ट डकुमेन्ट्रीका लागि १५ सय अमेरिकी डलर, उत्कृष्ट सर्ट फिल्मका लागि एक हजार अमेरिकी डलर, उत्कृष्ट आख्यानका लागि १५ सय अमेरिकी डलर, उत्कृष्ट छोटो आख्यानका लागि एक हजार अमेरिकी डलर, उत्कृष्ट माउन्टेन र एडभेन्टर्सका लागि एक हजार अमेरिकी डलर तथा उत्कृष्ट इसिमोड पर्वतीय फिल्मलाई एक हजार अमेरिकी डलर पुरस्कृत गरिनेछ । नेपाली फिल्ममध्ये उत्कृष्ट डकुमेन्ट्री, उत्कृष्ट आख्यान र दर्शकहरूले सर्वाधिक रुचाएको फिल्मलाई सबैलाई एक लाख रुपैयाँ पुरस्कार दिइनेछ । यो वर्ष केयु उदीयमान फिल्मकर्मीलाई पनि एक हजार अमेरिकी डलर दिइनेछ ।

    यसै संस्करणमा किम्फले पहिलो पल्ट काठमाडौं डक ल्याब कार्यशाला पनि सुरु गर्ने भएको छ । दक्षिण एसियाली क्षेत्रका प्रतिभालाई ठाउँ दिन बनाइएको यस कार्यशाला आगामी जेठ १० देखि १४ गतेसम्म सञ्चालन हुनेछ । यही कार्यशालामा छनोट भएका नौ दक्षिण एसियाली सहभागीहरूलाई पाकिस्तानी फिल्मकर्मी अनम अब्बास, भुटानी निर्देशक अरूण भट्टराई र भारतीय फिल्मकर्मी रिन्टु थोमसद्वारा प्रशिक्षण दिइनेछ । त्यही सिकाइलाई प्रयोग गर्दै सहभागीले किम्फमा आफ्नो डकुमेन्ट्रीका बारेमा दर्शकसामु प्रस्तुत गर्नेछन् । उत्कृष्ट तीन सहभागीलाई नेपाल चलचित्र विकास बोर्ड, किम्फ फाउन्डेसन र नेपाल फिल्म इनिसिएटिभबाट कुल ४५ सय अमेरिकी डलर दिइनेछ ।

    त्यस्तै कथाहरू र ब्रिटिस काउन्सिलद्वारा संयुक्त आयोजना गरिएको कट कथा कार्यशालाबाट पनि महिला निर्देशकहरूले आफ्नो सर्ट फिल्मबारे प्रस्तुत गर्नेछन् । किम्फ फाउन्डेसनद्वारा आयोजित महोत्सवमा निकोन युवा फोटोग्राफी र फिल्ममेकिङ कार्यशालासमेत हुनेछ ।

    Post Views: 297
    • Kala Saili
    • Kala Saili News
    • KIMFF
    • KIMFF 2025
    प्रकाशित मिति: २०८२ जेष्ठ ११, शनिबार २१:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.