• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘नरसिंहाः अवतार’लाई दर्शकको उत्साहजनक साथ

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १०, शुक्रबार २२:२२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आज शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आएको नेपाली फिल्म ‘नरसिंहाः अवतार’ले दर्शकहरूबाट उत्साहजनक प्रारम्भिक प्रतिक्रिया पाइरहेको छ । प्रदर्शनको पहिलो दिन काठमाडौँ उपत्यका लगायतका प्रमुख स्थानहरूमा दर्शकको उपस्थिति उल्लेख्य रहेको वितरक करण श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार, फिल्मले पहिलो दिन नै दर्शकको राम्रो साथ पाएको छ, जसले गर्दा फिल्मप्रति सकारात्मक माहौल बनेको छ ।

    महानायक राजेश हमालको आठ वर्षपछिको भव्य पुनरागमनलाई दर्शकहरूले ठूलो उत्साहका साथ स्वागत गरेका छन् । फिल्म हेरेर निस्किएका दर्शकहरूले राजेश हमालको अभिनय र फिल्मको कथावस्तुको प्रशंसा गरेका छन् । कतिपय दर्शकहरू हलबाट बाहिरिँदै गर्दा फिल्मको लोकप्रिय गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गुनगुनाउँदै गरेको पनि देखिएको थियो । उनीहरूले फिल्म उत्कृष्ट बनेको र राजेश हमालको ‘कमब्याक’ सार्थक भएको प्रतिक्रिया दिएका छन् । फिल्म प्रदर्शनका क्रममा राजेश हमालका हरेक दृश्यमा दर्शकहरूको हुटिङ र तालीले उनीप्रतिको क्रेज र व्यग्र प्रतीक्षा स्पष्ट रूपमा झल्किएको थियो ।

    दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यस फिल्ममा पारिवारिक सम्बन्ध, प्रेम, विछोड र बदलाको कथालाई प्रमुख विषय बनाइएको छ । फिल्ममा राजेश हमालका साथै राज कटुवाल, नीति शाह, नीर शाह, प्रशान्त ताम्राकार, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाही, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, एभिलिना खड्का, समाइरा थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

    नेम महर्जन, दीपक प्रसाद ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको संयुक्त लगानीमा निर्माण भएको ‘नरसिंहाः अवतार’ले आउँदा दिनहरूमा पनि दर्शकको माया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ । फिल्मको ट्रेलर सार्वजनिक भएदेखि नै यसले दर्शकमाझ राम्रो चर्चा कमाइरहेको थियो, जसको सकारात्मक प्रभाव आजको ओपनिङमा देखिएको छ ।

    Post Views: 423
    • Diwakar Bhattarai
    • Kala Saili
    • Kala Saili News
    • Narsimha Avtaar
    • Raj Katwal
    • Rajesh Hamal
    प्रकाशित मिति: २०८२ जेष्ठ १०, शुक्रबार २२:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.