कलाशैली संवाददाता । दिवाकर भट्टराई निर्देशित फिल्म ‘नरसिंहा अवतार’ को अग्रिम बुकिङ र टिकट विक्री मंगलबार साँझदेखि शुरू भएको छ । जेठ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने यो फिल्मलाई क्यूएफएक्स, आइएनआई, वान सिनेमाज, एफक्यूबलगायतका मल्टिप्लेक्सले शो प्रदान गरेका छन् ।
फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, टार्जन लगायतका कलाकारको अभिनय छ ।
आठ वर्षपछि राजेश हमालको पुनरागमन फिल्मको रूपमा रहेको ‘नरसिंहा अवतार’ मा चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भिएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, राकेश दाहालको पोस्टर डिजाइन छ । क्रियटिभ सिने आर्ट्सका लागि नेम महर्जन निर्माता रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।





