• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘मोहर’ गीतमा पल र नीति

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ६, सोमबार १०:२० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नायक पल शाह र नायिका नीति शाहले फिल्म ‘मोहर’को शिर्ष गीतको छायांकन सकेका छन् । यो गीतको छायांकन चितवन र नवलपरासीमा गरिएको छ । निर्माणपक्षले ५ दिन लगाएर चितवन र नवलपरासीमा गरेको गीतमा पल र नीति रोमान्टिक देखिएका छन् ।

    ‘चाहिदैन मोहर’ बोलको गीतमा सुरेश अधिकारीको संगीत, प्रमोद ढुंगानाको शब्द, शरद हुमागाँई र विशाखा साहीको स्वर छ । गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

    यो गीत केही हप्तापछि सार्वजनिक गर्ने तयारी यसको निर्माणपक्षको छ । गीतमा थारु कल्चरलाई समेत प्रस्तुत गरिएको छ । फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्म साउनको २३ गतेबाट रिलिजमा आउँदैछ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । फिल्ममा पल र नीतिको साथमा बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सारा शर्माको अभिनय छ ।

    दिपेन बस्न्यातको छायांकन रहेको यो फिल्ममा कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्मका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । फिल्मको केही तस्वीर र फस्टलुक सार्वजनिक भएसँगै दर्शकको चासो समेत फिल्मलाई लिएर बढेको छ ।

    Post Views: 397
    • Kala Saili
    • Kala Saili News
    • Mohar
    • Niti SHah
    • Paul Shah
    प्रकाशित मिति: २०८२ जेष्ठ ६, सोमबार १०:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    दसैँमा गुञ्जिन्छन् यी गीतहरू
    तीनै फिल्मको अपेक्षाभन्दा कम व्यापार
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.