कलाशैली संवाददाता । नेपाली फिल्म ‘ऊनको स्वीटर’ले घरेलु बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। प्रदर्शनको दोस्रो शनिबारसम्म (९ दिन) मा फिल्मले देशव्यापी ५ करोड २० लाख रुपैयाँ ग्रस कमाइ गरेको सरकारको आधिकारिक बक्सअफिस तथ्यांकले जनाएको छ।
दोस्रो सप्ताहन्तमा मात्र फिल्मले ८० लाख रुपैयाँ कमाएको छ, जबकि पहिलो सातामा ४ करोड ४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिकामा रहेको यो फिल्मलाई नवीन चौहानले निर्देशन गरेका हुन्।
दर्शकको सकारात्मक प्रतिक्रिया र बलियो कथावस्तुका कारण ‘ऊनको स्वीटर’ले बक्सअफिसमा आफ्नो दबदबा कायम राख्ने संकेत देखिएको छ। यो फिल्म विशेषत गीतसङ्गीतला कारण दर्शकको रोजाईमा परेको छ ।





