• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

टेलर स्विफ्ट, ब्रुस स्प्रिङ्स्टिन र सर्वोच्च अदालतप्रति ट्रम्पको आक्रोश

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ४, शनिबार १४:४७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+
    कलाशैली संवाददाता । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार मध्यपूर्वको चारदिने भ्रमणबाट स्वदेश फर्किए लगत्तै एकै दिन दुई सांगीतिक हस्ती र सर्वोच्च अदालतप्रति सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन्।
    मे १६ मा ट्रुथ सोशलमा छुट्टाछुट्टै पोस्ट गर्दै ट्रम्पले आफ्ना आलोचक तथा डेमोक्र्याटिक प्रत्यासी कमला ह्यारिसलाई समर्थन गर्ने गायक ब्रुस स्प्रिङ्स्टिन र टेलर स्विफ्टको आलोचना गरे। त्यसै दिन, सर्वोच्च अदालतले १७९८ को युद्धकालीन कानुन प्रयोग गरी भेनेजुएलाका आप्रवासीहरूलाई निर्वासन गर्ने ट्रम्प प्रशासनको प्रयासलाई रोकेपछि उनी अदालतविरुद्ध पनि खनिए।
    ट्रम्पले सर्वोच्च अदालतको निर्णयलाई लिएर सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो अमेरिकाका लागि खराब र खतरनाक दिन हो !’ उनले यो फैसलाले अन्य अपराधीहरूलाई देशमा प्रवेश गर्न प्रोत्साहन गर्ने र अमेरिकी जनतालाई हानि पुग्ने दाबी गरे।
    ट्रम्पको आक्रोश सर्वोच्च अदालतबाट सुरु भएको थिएन। यसअघि, मे १४ मा म्यानचेस्टर, इङ्ल्यान्डको कन्सर्टमा ७५ वर्षीय गायक स्प्रिङ्स्टिनले ट्रम्प प्रशासनको आलोचना गरेपछि उनले त्यसकाे जवाफ फर्काएका छन्। स्प्रिङ्स्टिनले बेलायती दर्शकलाई भनेका थिए, ‘मेरो प्यारो अमेरिका, जुन २५० वर्षदेखि आशा र स्वतन्त्रताको प्रतीक थियो, अहिले भ्रष्ट, अक्षम र देशद्रोही प्रशासनको हातमा छ।’ उनले प्रजातन्त्र र स्वतन्त्रताको पक्षमा आवाज उठाउन पनि आह्वान गरेका थिए ।
    ट्रम्पले स्प्रिङ्स्टिनलाई ‘अतिरञ्जित’ र ‘अभद्र’ भन्दै उनको सङ्गीत र राजनीतिक विचारको आलोचना गरेका छन्। ‘मलाई उनको सङ्गीत र उनको अतिवामपन्थी राजनीति कहिल्यै मन परेन,’ ट्रम्पले लेखेका छन्। उनले स्प्रिङ्स्टिनले जो बाइडेनलाई समर्थन गरेकोमा पनि आलोचना गरे।
    ट्रम्पले टेलर स्विफ्टलाई पनि ‘अतिरञ्जित’ भन्दै आलोचना गर्न भ्याए । उनले ट्रुथ सोशलमा लेखेका छन्, ‘मैले टेलर स्विफ्टलाई घृणा गर्छु भनेपछि केहीले उनलाई ‘हट’ मान्न छोडेका छन् कि ?’ गत सेप्टेम्बरमा स्विफ्टले कमला ह्यारिसलाई समर्थन गरेपछि ट्रम्पले उनलाई घृणा गरेको बताएका थिए। स्विफ्टले ह्यारिस र ट्रम्पबीचको चुनावी बहसपछि इन्स्टाग्राममा ह्यारिसलाई समर्थन गर्दै ‘बालबच्चाविहीन बिरालो प्रेमी’ भन्दै जेडी भान्सको टिप्पणीलाई व्यङ्ग्य गरेकी थिइन्।
    ट्रम्पको यो त्रिपक्षीय आक्रोशले उनको आलोचक र विरोधीहरूप्रतिको रुखो शैलीलाई पुनः उजागर गरेको छ।
    (एजेन्सीकाे सहयाेगमा)
    Post Views: 292
    • Donald trump
    • Tylor swift
    प्रकाशित मिति: २०८२ जेष्ठ ४, शनिबार १४:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दसैँमा गुञ्जिन्छन् यी गीतहरू
    ‘राई : दि जर्नी बिगन्स’ मा के छ ?
    फ्लप हुने बाटोमा ‘दे कल हिम ओजी’
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.