• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

किन भावुक भइन् नीति ?

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ३, शुक्रबार २२:२८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नायिका नीति शाह यतिबेला फिल्म ‘मोहर’ को गीत छायांकनका लागि चितवन र नवलपरासीमा व्यस्त छिन् । नायक पल शाहसँग ३७ डिग्रीको तातो घाममा गीतको छायांकन गरिरहँदा उनले कोरस डान्सर र प्राविधिक टिमको मिहिनेतप्रति गहिरो सम्मान व्यक्त गर्दै सामाजिक सञ्जालमा भावुक पोष्ट गरेकी छिन् ।

    नीतिले कोरस डान्सरको दुखदायी मेहनतले आफूलाई गम्भीर बनाएको उल्लेख गरेकी छिन् । ‘हामी कलाकारले सेटमा छाता, चिसो ड्रिंक, कुर्सी जस्ता सुविधा पाउँछौँ, तर नदी किनारमा तातो घाममा निर्विश्राम नाचिरहेका कोरस डान्सरको मिहिनेत देख्दा मलाई अपराधी महसुस भयो । विशेषगरी मेरो स्टेप बिग्रँदा वा क्यामेरा एङ्गल नमिल्दा उनीहरूले पटक-पटक नाच्नुपर्दा । स्क्रिनमा सुन्दर देखिने केही सेकेन्डका लागि सम्पूर्ण टिमको कति पसिना र समर्पण लुकेको हुन्छ, त्यो देखिँदैन ।’

    उनले ब्याकग्राउन्ड डान्सर र प्राविधिक टिमलाई मनदेखि धन्यवाद दिँदै यस्तो टिमको हिस्सा हुन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएकी छिन् । नीतिले अभिनय गरेको फिल्म ‘मोहर’ साउन २३ गतेबाट रिलिज हुँदैछ । ओम प्रतिकको लेखन तथा निर्देशन र चुम्बनजंग शाहीको निर्माणमा बनेको फिल्म अगाडि नीतिको अर्को फिल्म ‘नरसिंहाः अवतार’ जेठ ९ गतेबाट रिलिजमा आउनेछ ।

    Post Views: 335
    • Kala Saili
    • Kala Saili News
    • Mohar
    • Niti SHah
    • Paul Shah
    • Rajesh Hamal
    प्रकाशित मिति: २०८२ जेष्ठ ३, शुक्रबार २२:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.