• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

वैशाखमा १८ फिल्मलाई निर्माण इजाजत

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ३, शुक्रबार २२:१३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । यो वर्षको पहिलो महिना बैशाखमा १८ वटा फिल्मले निर्माण इजाजत प्राप्त गरेका छन् । निर्माण अनुमति पाउनेमा चर्चित र नयाँ दुवै खाले निर्माता तथा निर्देशक समावेश छन् । गत वर्षको हिट फिल्म ‘होस्टेल ३’ का निर्देशक सशान कँडेलले नयाँ फिल्म ‘जेनेरेसन: बाउ भर्सेस छोरा’ को लागि इजाजत लिएका छन् । कँडेलकै निर्देशन रहने यो फिल्ममा पदम तामाङ र सन्तोष बानियाँ मुख्य कलाकार छन्।

    यस्तै, ‘ह्रस्व दीर्घ’ का निर्देशक चन्द्र पन्तले ‘गुरु’ र ‘आ बाट आमा’ नामक दुई फिल्मको निर्माण अनुमति लिएका छन् । ‘आ बाट आमा’ मा क्रिस्मत सिंह र विपना थापा कलाकारको रूपमा देखिनेछन् ।

    खड्क बोहराद्वारा निर्देशित ‘कस्तुरी’ मा वर्षा सिवाकोटी मुख्य भूमिकामा छन् । धीरज अग्रवालले निर्माण गर्ने यो फिल्मले पनि बैशाखमा इजाजत पाएको छ । ‘पूर्णबहादुरको सारंगी’ निर्माण गरेको सेभेन सिजन सिनेमाज प्रालिका विनोद पौडेलले ‘दुई किनारा’ को निर्देशन र निर्माणका लागि अनुमति लिएका छन् भने उदय सुब्बाले ‘तिमी नै’ निर्माण गर्दैछन् ।

    बलिराम महतोले अर्पण थापा र सृष्टि श्रेष्ठलाई लिएर ‘द ब्लु लाइट’ बनाउने भएका छन् । एभरेस्ट सूर्य बोहराले ‘गुड लक भैरे’ को निर्देशन र निर्माणको इजाजत लिएका छन् । कलाकार शिव श्रेष्ठले ‘सिद्धार्थ’ निर्देशन गर्ने भएका छन् । यो फिल्ममा शिव श्रेष्ठ र आङदावा शेर्पा कलाकारको रूपमा देखिनेछन् ।

    ऋषि लामिछानेको ‘लेखान्त’ ले पनि निर्माण अनुमति पाएको छ । यो फिल्ममा स्मारिका ढकाल र सरोज खनाल लगायतका कलाकार छन् । यस्तै, सुरज कटुवालले अञ्जसा रिजाल र शान्तिदूत पाण्डेलाई लिएर ‘काठमाण्डू कोरिडोर’ निर्माण गर्दैछन् । नेपाली फिल्ममा बैशाखको यो सक्रियताले वर्ष २०८२ मा विविध कथावस्तु र नयाँ प्रतिभाहरूको आगमनको संकेत गरेको छ ।

    Post Views: 326
    • Film Development Board Nepal
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ जेष्ठ ३, शुक्रबार २२:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.