• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘नरसिंहाः अवतार’ गीतमा राजेश र एल्भिनाको आत्मियता

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ३, शुक्रबार २१:५९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को दोस्रो गीत ‘मेरी प्यारी छोरी’ सार्वजनिक भएको छ । स्वरुपराज आचार्यको स्वर, मुक्त उदासको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ । सार्वजनिक गीतले बाबु र छोरीबिचको प्रेम प्रस्तुत गरेको छ ।

    सार्वजनिक गीतको भिडियोमा नायक राजेश हमाल, नायिका नीति शाह र बाल–कलाकार एल्भिना खड्कालाई फिचरिङ गरिएको छ । गीतमा एल्भिनाप्रति राजेशको प्रेम, नीति शाहसँगको प्रेमभावलाई प्रस्तुत गरिएको छ ।

    दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, सरोज खनाल, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।

    फिल्मको गीत र ट्रेलरले दर्शकहरुको उच्च साथ पाएका कारण फिल्मले बक्स अफिसमा इनिसियल रुपमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ । फिल्ममा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक प्रसाद ढकाल र ध्रुव न्यौपानेको लगानी छ ।

    फिल्म ‘नरसिंहाः अवतार’को यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । चन्द्र पन्तको कथा रहेको यो फिल्ममा राजु तामाङको एक्सन, राजु थापाको डीओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

    Post Views: 206
    • Kala Saili
    • Kala Saili News
    • Narsimha Avtaar
    • Rajesh Hamal
    प्रकाशित मिति: २०८२ जेष्ठ ३, शुक्रबार २१:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.