कलाशैली संवाददाता । चलचित्र विकास बोर्डमा सदस्यका रुपमा छायाँकार विरेन्द्र भट्ट नियुक्त भएका छन् । बिहीबार सञ्चार मन्त्रालयको मन्त्रीस्तरीय निर्णयमार्फत् एमालेको राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य समेत रहेका भट्टलाई बोर्डमा नियुक्ति दिईएको हो । भट्ट अगाडि ‘शुभ लभ’का निर्देशक सन्तोष बाबु लोहनीलाई बोर्ड सदस्यमा नियुक्त गरिएको थियो ।
गत भदौमा एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघका पूर्वअध्यक्ष तथा निर्देशक दिनेश डिसीलाई बोर्ड अध्यक्ष बनाएको सरकारले रिक्त सदस्य पदमा पनि आफ्ना व्यक्तिहरूलाई अवसर दिईरहेको छ ।
छायाँकारको रूपमा सक्रिय भट्टले ‘धून’, ‘आरोप’ लगायतका फिल्म र म्युजिक भिडियो छायांकन गरेका छन् । उनी अब दुई वर्ष बोर्ड सदस्य रहनेछन् । यो नियुक्तिसँगै बोर्डमा एक सदस्य पदपूर्ति गर्न अझैँ बाँकी देखिएको छ । यस्तै, केन्द्रीय चलचित्र जाँच समितिमा दुई सदस्य पदपूर्ति गर्न बाँकी छ ।





