• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘महाभोज’का कलाकारको मध्यरातको फेसबुक किन लेखे ‘सत्य कहिल्यै लुक्दैन ’ ?

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १, बुधबार १३:२३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । मङ्गलवार अबेर राति अचानक सामाजिक सञ्जाल तात्यो । नेपाली फिल्म उद्योगसँग जोडिएका दर्शक, समर्थक र पत्रकारहरूले एकै प्रकारको स्ट्याटस देखे ‘सत्य कहिल्यै लुक्दैन ।’ यो वाक्यांश लेख्नेहरू अरू कोही होइनन्, यही जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’ का निर्देशक र कलाकारहरू थिए । निर्देशक दिनेश राउत, अभिनेता दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ लगायतले एकै समयमा उक्त वाक्यांश लेखेपछि सामाजिक सञ्जालमा अनेक अड्कलबाजी हुन थाले ।

    के यो फिल्मको प्रचार रणनीतिको हिस्सा हो ? कि फिल्मसँग जोडिएको कुनै गहिरो सत्यले मिडियामा पुग्नुअघि कलाकारहरूले जनतालाई सङ्केत गरेका हुन् ? ‘महाभोज’ सहकारी ठगी प्रकरणमा आधारित कथा हो । ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने यो साझा स्ट्याटसलाई कतिपयले सहकारी पीडितहरूको पक्षमा कलाकारहरूको ऐक्यबद्धताको रूपमा बुझेका छन् । फिल्ममा देखिएको कथावस्तु कतै यति संवेदनशील त होइन, जसले ठुला व्यक्तित्व वा संस्थाहरूको अनुहार देखाउने हो ? किनकि कलाकारहरूको स्ट्याटसमा कुनै नाम वा आरोप खुलाइएको छैन, तर वाक्य आफैँले धेरै कुरा बोलिरहेको छ ।

    ‘महाभोज’को कथा, निर्देशन, कलाकारहरू र कथनहरूलाई हेर्दा यस्तो आभास हुन्छ – यो फिल्मले पर्दामा मात्र होइन, पर्दा पछाडिको सत्यलाई पनि उजागर गर्ने प्रयास गरेको छ । त्यही सत्य, जसलाई धेरैले दबाउन खोजे । तर कलाकारहरूको एक स्वरले भनिदियो – ‘सत्य कहिल्यै लुक्दैन ।’

    अब त्यो सत्य के हो ? के फिल्मले कुनै यथार्थ घटना खोल्न लागेको छ ? के कसैले फिल्ममाथी दबाब दिने प्रयास गरिरहेको छ ? वा के फिल्मले केही यस्ता कुराहरू उजागर गर्छ, जसले ठुलाबडाहरूलाई असहज बनाउन सक्छ ? यी सबै प्रश्नको उत्तर अब एकै छ, ‘महाभोज’ हेरेपछि थाहा हुनेछ । तर अहिलेलाई यत्ति भन्न सकिन्छ, नेपाली फिल्मको पर्दा पछाडि केही चलिरहेको छ, जुन पर्दामा ‘सत्य’ को रूपमा छर्लङ्ग हुनेवाला छ ।

    Post Views: 345
    • Aaryan Sigdel
    • Dayahang Rai
    • Dinesh Raut
    • Kala Saili
    • Kala Saili News
    • Khagendra Lamichhane
    • Mahabhoj
    प्रकाशित मिति: २०८२ जेष्ठ १, बुधबार १३:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.