• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

प्रधानमन्त्री ओलीद्वारा एनएफडिसी जग्गा हिनामिनासम्बन्धी विषयमा १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ३०, मंगलवार २२:३८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको बनेपामा निर्माण हुन लागेको अत्याधुनिक ‘सिनेपा:’ इन्डोर छायाङ्कन स्टुडियोलाई नेपाली फिल्म क्षेत्रका लागि ऐतिहासिक क्रान्तिको रूपमा घोषणा गरेका छन् । उनले यो परियोजना करिब छ दशकदेखि फिल्मकर्मीहरूको सपना बनेको बताउँदै अब त्यो सपना साकार हुन थालेको बताए ।

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा चलचित्र विकास बोर्डले आयोजना गरेको विशेष समारोहमा, स्टुडियो निर्माणको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यो परियोजना फिल्म उद्योगको संरचना विकास र प्रविधि सशक्तिकरणतर्फको महत्वपूर्ण कदम भएको उल्लेख गरे ।

    प्रधानमन्त्री ओलीले आफूले पहिलो कार्यकालमै स्टुडियो निर्माणको निर्णय गरेको तर जग्गा विवाद र सरकार परिवर्तनले प्रक्रिया रोकिएको स्मरण गरे । हालको परिस्थितिमा पनि राज्यको ढुकुटीमा पैसा सीमित भए पनि परियोजना पूरा गर्ने संकल्प व्यक्त गरे । प्रधानमन्त्रीले फिल्म क्षेत्रप्रति सरकार सधैँ सकारात्मक र सहयोगी रहेको बताए ।

    त्यसैगरी, बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिनासम्बन्धी विषयमा सञ्चारमन्त्री र सचिवलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फिल्म क्षेत्रका लागि बहुप्रतीक्षित स्टुडियोको कार्यान्वयन सुरु भएकोमा सन्तोष व्यक्त गर्दै सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेश सांसद कञ्चनचन्द्र वादे, सञ्चार सचिव राधिका अर्याल, अभिनेता नीर शाह, अभिनेत्री बसुन्धरा भुसाल, कलाकार दीपकराज गिरी, जीतु नेपाल र दीपाश्री निरौला लगायतको उपस्थिति थियो ।

    Post Views: 311
    • Cinepa
    • Dinesh Dc
    • Kala Saili
    • Kala Saili News
    • Kp Sharma Oli
    प्रकाशित मिति: २०८२ बैशाख ३०, मंगलवार २२:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • २. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ३. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ४. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    • ५. तीन फिल्ममा तेस्रो स्थानमा ‘माइतीघर’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.